बुधबार, ११ कात्तिक २०८३
नेपाली

आर्मीका राजन र धादिङकी सन्तोषी गरिमा रोड रेस विजेता

Main News Image

काठमाडौँ । नेपाल आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठ दोश्रो गरिमा रोड रेसमा च्याम्पियन बनेका छन् । १० किलोमिटर दूरीको दौडमा राजन पुरुष र सन्तोषी महिलामा पहिलो भएका हुन् । राजनले निर्धारित दूरी २९ मिनेट १२.१२ सेकेन्डमा पूरा गरे । गत संस्करणका विजेता आर्मीकै मुकेशबहादुर पाल २९ मिनेट ५०.९२ सेकेन्ड समयसाथ दोश्रो भए । तेश्रो स्थानका आर्मीकै सञ्जय श्रेष्ठले निर्धारित दूरी ३० मिनेट ०५.०० सेकेन्डमा तय गरे । आर्मीका गणेशसिंह रावत र नरेन्द्रसिंह रावत क्रमशः चौथो र पाँचौं बने ।

साग स्वर्णधारी ओलम्पियन सन्तोषीले निर्धारित दूरी तय गर्न ३४ मिनेट ५४.४ सेकेन्ड समय खर्चिन् । पहिलो संस्करणमा पनि सन्तोषी पहिलो भएकी थिइन् । ३५ मिनेट १५.३ सेकेन्ड समयसाथ आर्मीकी निशा मजाकोटी दोश्रो तथा ३६ मिनेट २१.३ सेकेन्ड समयसाथ आर्मीकै सिर्जना पाण्डेय तेश्रो भए । आर्मीकी निर्मला केसी चौथो र एपीएफकी आशा रावत पाँचौं स्थानमा रहे ।

दुवै समूहमा शीर्ष पाँच स्थान हात पार्नेले क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार हात पारे । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरेको दौडको भेट्रान ५० वर्षमाथि पुरुष ५ किलोमिटरमा धर्म महर्जन पहिलो, अभिनारायण अधिकारी दोश्रो, रेवतबहादुर दाहाल तेश्रो, सानुकाजी महर्जन चौथो र देव महर्जन पाँचौं बने ।

भेट्रान महिला ४५ वर्षमाथि कल्पना महर्जन, महेश्वरी थापा रायमाझी, सावित्रा भण्डारी, ज्ञानी महर्जन र सानु अवाले क्रमशः पहिलोदेखि पाँचौं स्थानमा दौड टुंगाए । पुरुष÷महिलामा पहिलो हुनेले ३० हजार, दोश्रोले २० हजार, तेश्रोले १४ हजार, चौथोले १० हजार र पाँचौंले ७ हजार नगद पुरस्कार जिते ।

कर्पोरेटतर्फ पुरुष ५ किलोमिटरमा ईश्वर बुढाथोकी पहिलो, अनुप केसी कार्की क्षेत्री दोश्रो र तेजबहादुर गिरी तेश्रो भए । सो स्पर्धाको महिलामा रजिना दुलाल शीर्ष स्थानमा रहिन् । कर्पोरेटमा पनि भेट्रान सरहनै नगद पुरस्कार थियो ।

विजेतालाई विशेष फौज बाहिनी, महाराजगञ्जका सहायक रथी दिपेन्द्र गुरुङ, गरिमाका अध्यक्ष दिलिपप्रताप खाँणलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सबै दौड बालुवाटारस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको थियो ।

दौडमा १ हजार ४ सयको सहभागिता रहेको एथलेटिक्स परिवार, नेपालका अध्यक्ष समेत रहेका रेस डाइरेक्टर राजन खत्रीले जनाएका छन् ।

mediabaaji add

सम्बन्धित खबर

साम्बाको दुई गोलमा भारतमाथि नेपालको जित

काठमाडौँ । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ । शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २-१ ले पराजित गरेको हो। प्रतियोगिता...

एनआरएनए अमेरिका बोल्यो : मन्त्री गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन

काठमाडौँ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका एनआरएनए अमेरिकाले मन्त्री बब्लु गुप्तासँग आफ्नो संस्थाको कुनै पनि औपचारिक सम्बन्ध नरहेको स्पष्ट गरेको छ । संघले आफ्नो नाम जोडेर मन्त्री गुप्ताको सहभागिता रहेको भनी प्रचार गरिएका विवर...

एसीसी पुरुष प्रिमियर कप : लगातार तेस्रो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ । मलेसियाको बायुमास क्रिकेट ओभलमा साउदी अरबलाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित दर्ता गर्दै नेपालले ६ अङ्कका साथ समूह चरणको अन्तिम खेलअघि नै अन्तिम चार सेमिफ...

कीर्तिपुर क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत, निर्माणमा १० अर्ब लाग्ने अनुमान

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालय त्रिवि परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि गुरुयोजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत ग...

एसिसी प्रिमियर कप फाइनल : उपाधिका लागि आज नेपाल र युएई आमनेसामने

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज साविक विजेता नेपाल र युनाइटेड अरब इमिरेट्स युएई भिड्दैछन् । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा हुने यो निर्णायक भिडन्त नेपाली समय अनुसार बिहान ७:१...

इंल्यान्डलाई हराउँदै अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकपको फाइनलमा

काठमाण्डौँ । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को रोमाञ्चक सेमिफाइनल खेलमा इंल्यान्डलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टास्थित मर्सिडीजबेन्ज स्टेडियममा भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले इंल्यान्डमाथ...