बुधबार, ११ कात्तिक २०८३
नेपाली

सोमबार देशका केही स्थानमा वर्षा हुने

Main News Image

काठमाडौँ । सोमबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

सोमबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू(भामामा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ, बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


mediabaaji add

सम्बन्धित खबर

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौँ । नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न एक साता लाग्ने छ ।

...

मनसुन थप चार प्रदेशमा विस्तार, अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण

काठमाडौँ । नेपालमा यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ । औसत समयभन्दा छ दिन ढिलो गरी गत शुक्रबार कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन आजसम्म आइपुग्दा थप चार प्रदेशमा फैलिएको हो ।

जल तथा मौसम विज्ञान विभाग...

काठमाडौँ उपत्यका तुवाँलोले ढाकियो, तर उडान र यातायातमा तत्काल असर छैन

काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार बिहानदेखि तुवाँलो फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान १० बजेपछि उपत्यकाको आकाशमा देखिएको धुम्म वातावरण तुवाँलो हेजका कारण भएको हो । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बिहान १० बजेसम्म उपत्यकामा...

मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना

बैतडी । मनसुन सक्रिय हुने समय नजिकिँदै जाँदा सम्भावित प्राकृतिक विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि बैतडीमा सशस्त्र प्रहरी बल नेपालले अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ ।

जिल्लाको पुर्चौंडी नगरपालिका–१ हाटमा शुक्रबार अस्थायी म...

हिमाली र पहाडी भू-भागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अन...

बाढी र पहिरोले देशभरिको जनजीवन प्रभावित : जाजरकोट र दोलखामा दुई जनाको मृत्यु

काठमाडौँ । लगातारको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ । पहाडी भेगमा पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै मानवीय क्षति समेत भएको छ भने तराई र भित्री मधेसका खोलाहरूमा आएको बाढीले यातायात र बस्तीहरू जोखि...