बिहिबार, १२ कात्तिक २०८३
नेपाली

चुनाव जिते पनि रबि लामिछानेले सांसद बन्न पाउँदैनन् ?

Main News Image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले चुनाव जिते पनि सांसद पद नपाउने चर्चा फैलिए पनि उनले यस्तो नहुने बताएका छन् । उनका विरोधीहरूले यही कुरालाई आधार बनाएर उनलाई भोट नदिन मतदातालाई प्रोत्साहित गरेको खबरहरू आएका छन् । चितवन क्षेत्र नम्बर २ बाट तेस्रो पटक उम्मेदवार बनेका लामिछाने हाल आफ्नो निर्वाचन क्षेत्रमा पार्टी पङ्क्तिसँग भेटघाट र मतदातासँग अन्तरक्रिया गर्दै छन् ।

 यसै क्रममा एक मतदाताले सांसद निर्वाचित भए पनि स्वतः निलम्बन हुने प्रावधानबारे प्रश्न सोध्दा उनले स्पष्ट पारे, सभामुख पहिलेकै देवराज घिमिरे भए त होला स्वतः निलम्बन । ओलीको आदेशमा टाँसिदिने भए होला । तर, यो देशमा नियम, कानुन, संसदीय नियमावली र सिस्टम छ। सबै कुरा कानुन बमोजिम हुन्छ।

उनले थपे, म सांसद नभए पनि जनताका लागि काम गर्न सक्छु। म राजनीतिमा आउनुअघि पत्रकार थिएँ, पत्रकारको रूपमा पनि केही काम भएको थियो। मान्छे मात्र भए पर्याप्त हुन्छ। प्रतिशोधपूर्ण वा गलत क्रियाकलाप भएमा कानुनी प्रक्रियामा जानेछु। मलाई अदालत र न्याय प्रक्रियामा विश्वास छ।

हाल रविविरुद्ध देशका विभिन्न अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा विचाराधीन छन् । महान्यायाधिवक्ताको कार्यालयले केही मुद्दा फिर्ता गर्ने निर्णय गरे पनि कार्यान्वयन भइसकेको छैन । अदालतमा मुद्दा विचाराधीन रहेकाले सांसद पदमा रहन नपाउने कानुनी प्रावधान लागू हुन सक्छ।

mediabaaji add

सम्बन्धित खबर

मतदान सम्पन्न भएको २४ घण्टाभित्रै परिणाम

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको २४ घण्टा भित्रै प्रत्यक्ष तर्फको मतपरिणाम दिने तयारी पूरा भएको जनाएको छ ।

आयोगका अनुसार आवश्यक जनशक्ति र सामग्री सबै तयार भएकाले मतपरिणाम दिन ढिला नहुने जनाएको हो । आज विहीब...

निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण आह्वान गरेकी छन्। प्रधानमन्त्री कार्कीले सूर्यको आराधना साथ मनाइने महान्पर्व छठको अवसरमा आज जारी गर...

जेनजीबिना सम्भव थिएन जनयुद्ध : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनको उद्देश्य सही रहेको बताएका छन् । जेनजीसँग पार्टीको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आजमात्रै एक हजारभन्दा धेरै जेनजी युवालाई पार्ट...

उपाध्यक्ष अस्वीकार गर्दै घर हिँडे प्रदीप ज्ञवाली

काठमाडौँ । महासचिव पदमा दाबी गर्दै आएका प्रदीप ज्ञवालीले एमालेको उपाध्यक्ष पदमा उम्मेदवारी दिन अनिच्छा देखाएका छन् । मंगलबार हुने निर्वाचनबाट एमालेको नयाँ नेतृत्व चयन हुँदैछ । यसैबीच अध्यक्षका दुई प्रतिस्पर्धी, केपी शर...