भदौ २२ गते सार्वजनिक बिदा !
काठमाण्डौँ । बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी छोनामको अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारका अनुसार चितवन, मकवानपुर र धादिङ जिल्लामा उक्त दिन सार्वजनिक बिदा हुनेछ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै न्वागी पर्वका अवसरमा तीन जिल्लामा बिदा दिने व्यवस्था गरेको हो। चेपाङ समुदायले परम्परागत रूपमा मनाउँदै आएको न्वागी पर्वलाई लक्षित गरी प्रदेश सरकारले सम्बन्धित जिल्लामा बिदा घोषणा गरेको जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा
काठमाण्डौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपाउन आग्रह गरिएको छ । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले यही भदौ १० गते भोटेकोशी मा आएको बाढीपश्चात ती नदीमा पानीको बहाव तल रह...



