शुक्रबार मगर दिवसको सार्वजनिक बिदा
गुल्मी । जिल्लाका ९ स्थानीय सरकारले मगर दिवसको अवसरमा शुक्रबार अर्थात फागुन १५ गते सार्वजनिक बिदा दिएका छन् । कालीगण्डकी, चन्द्रकोट, सत्यवती, रुरुक्षेत्र, गुल्मीदरबार, छत्रकोट, मालिका, इस्मा गाउँपालिका र रेसुङ्गा नगरपालिकाले मगर दिवसको अवसरमा १५ फागुनमा सार्वजनिक बिदा दिएका हुन् ।
१२ वटा स्थानीय तह रहेको गुल्मीमा ९ वटा स्थानीय सरकारले ४४ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा स्थानीय सरकारले छुट्टा छुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् । स्थानीय तहहरुले वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिइएको जनाएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
इरानी सेनाको नियन्त्रणमा रहेको युवक उदयपुरका झा
काठमाण्डौँ । पश्चिम एसियामा जारी द्वन्द्वका बीच होर्मुज जल क्षेत्रमा काम गर्दै आएका उदयपुर गाइघाटका ३० वर्षीय अमृत झा इरानी सेनाको नियन्त्रणमा परेका छन् ।
परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका प्रमुख तथा सहसचिव रामकाजी खड्काका अनुसार...
नेपाल प्रहरीमा डीआईजीको दरबन्दी थप गर्ने प्रस्ताव अस्वीकार
काठमाडौँ । सशस्त्र प्रहरीको कानुन तहलाई डिआइजी दरवन्दी दिने सरकारले नेपाल प्रहरीलाई भने विभेद गरेको छ । नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक डीआईजीको दरबन्दी थप गर्ने प्रस्तावलाई अस्वीकार गरेपछि विभेद गरेको हो । गृह मन्त्रालयले दरबन्दी थपका लागि...
सवोच्चको आदेशले अन्योलमा मधेश प्रदेश
जनकपुर । मुख्यमन्त्री नियुक्ति सम्बन्धी रिटमा मंगलबार सर्वोच्च अदालतले दिएको आदेशले मधेश प्रदेशमा अन्योल सृजना भएको छ । मंगलबार सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीति...



