काठमाडौं जोड्ने प्रमुख राजमार्गहरू अवरुद्ध : सार्वजनिक बसहरू उपत्यकामै रोकिए
काठमाडौँ । बिहीबारदेखि देशका विभिन्न स्थानमा निरन्तर भइरहेको अविरल वर्षाका कारण विभिन्न राजमार्गहरू बन्द भएपछि सार्वजनिक सवारीसाधनहरू काठमाडौँमै रोकिएका छन् । देशका विभिन्न भागलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने प्रमुख राजमार्गहरू बन्द भएपछि सर्वसाधारणको जनजीवन थप कष्टकर बन्दै गएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडौँ जोड्ने मुख्य सडकखण्डहरू बन्द भएकाले लामो दूरीका सार्वजनिक बसहरू उपत्यकाभित्रै रोकिएका हुन् ।
एक्सप्रेस
सम्बन्धित खबर
आज गुरु पूर्णिमा र व्यास जयन्ती : गुरुप्रति सम्मान प्रकट गरी देशभर मनाइँदै
काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै गुरु पूर्णिमा पर्व मनाइँदैछ । तन्त्रशास्त्र र धर्मशास्त्रका अनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ,...
मिथिलामा सुरु भयो सांस्कृतिक उत्सव ‘झुलनोत्सव’
महोत्तरी । मैथिल परम्पराको विशिष्ट मानिने ‘झुलनोत्सव’ पर्व शनिबारदेखि महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा हर्षोल्लासका साथ सुरु भएको छ । साउन शुक्ल तृतीयाका दिनदेखि सुरु भई साउन पूर्णिमासम्म मनाइने यस पर्वका अवसरमा अहिले मन्दिर तथा वैष्णव मठहरू...
यमपञ्चक सुरु, आज काग तिहार
काठमाडौँ । हिन्दुहरूको दोस्रो ठुलो चाड तिहार आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज काग तिहार मनाइँदै छ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा क...
कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’
काठमाडौँ । काठमाडौं महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई समाज र सहर विकासमा भरपुर उपयोग गर्ने मुख्य उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ । कामपाले व...
काठमाडौंका ६ स्थानमा ग्यास बिक्री गरिने, सिलिन्डर पनि साँटफेर हुने
काठमाण्डौँ । काठमाडौँ उपत्यकामा खाने पकाउने ग्यासको अभाव भएपछि घटस्थनापनादेखि ६ स्थानमा बिक्री गरिने भएको छ । ग्यासको आपूर्तिलाई सहज बनाउन असोज २५ देखि ३१ गतेसम्म ६ स्थानबाट ग्यास बिक्री गर्न लागिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।...
साझा यातायातको रात्रिकालीन सेवा विस्तार,६ वटा रुटमा २८ विद्युतीय बस सञ्चालनमा
काठमाडौँ । काठमाडौं उपत्यकामा अब रात्रिकालीन सार्वजनिक यातायात सेवा थप भएको छ । साझा यातायातले रातिको बस सेवा विस्तार गर्दै शनिबारदेखि ६ वटा रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । संविधान दिवसको अवसर पारेर साझा यातायातले हाल सञ्चालनमा रहे...



