शुक्रबार, १८ वैशाख २०८३
नेपाली

विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

Main News Image

काठमाडौँ । काठमाडौँ प्रशासनले अतिसंवेदनशील मानिने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा जुलुस, प्रदर्शन, हड्ताल तथा भेलाजस्ता कार्यक्रम गर्न नपाइने जानकारी गराउँदै यस्ता गतिविधि भए कारबाही गर्ने स्पष्ट पारेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले फागुन १ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा केही प्रदर्शन, भेला र र्यालीजस्ता गतिविधि गर्ने भनी केही समूह तथा राजनीतिक दलबाट जारी भएका विज्ञप्ति एवं सूचना र सामाजिक सञ्जालका विषयवस्तुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताए ।

यस प्रकारका प्रदर्शन, र्याली, भेलाजस्ता गतिविधि गर्नका लागि स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम अनुमति लिनुर्पेमा कोही कसैले यस कार्यालयमा जानकारी गराउने वा पूर्वस्वीकृति लिने कार्य नगरेको पनि उनले बताए । उनले एक सार्वजनिक सूचना जारी गरी निर्वाचन आचारसंहिता लागू भइसकेको हालको अवस्थामा यस्ता प्रकृतिका कार्यक्रम गर्न बन्देज रहेको तथा यस प्रकारका कार्यक्रममा निर्वाचनविरोधी भनिएका समूहसमेतको घुसपैठ हुनसक्ने सम्भावना रहेको पनि बताए ।


mediabaaji add

सम्बन्धित खबर

मौसम पूर्वानुमान : सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।  हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ। तराई...

दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना ३८ जना घाइते

काठमाडौँ । दाङबाट काठमाडौं आउँदै गर्दा चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस दुर्घटना भएको छ । दुर्घटनामा ३८ जना घाइते भएका छन् । तीमध्ये १० जनाको अवस्था मध्यम र २८ जनाको अवस्था सामान्य भएको प्रहरीले जनाएको छ ।

मौलाकालिका अस्पताल भरतपुरमा १५...

मौसम पूर्वानुमान : पहाडी र हिमाली भू-भागका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू भागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्...

सेवा प्रवाहमा नयाँ अभ्यास, राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

काठमाडौँ । सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पुर्‍याउने लक्ष्यसहित सरकारले अघि सारेको योजनाअनुरुप राहदानी र सवारीचालक अनुमतिपत्र लाइसेन्स अब घरमा पुर्‍याउन थालिएको छ । यस्ता सेवा लिनका लागि सदरमुकाम वा सम्बन्धित कार्यालयसम्मको लामो यात्रा गर्नुपर्न...

अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज

काठमाण्डौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति बिचौलियालाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको निर्देशन अनुसार...

प्रेस युनियनले सरकारी विज्ञापन रोक्ने निर्णयको देशव्यापी विरोध गर्ने

काठमाडौँ । नेपाल प्रेस युनियनले सरकारी विज्ञापन निजी मिडियामा प्रकाशन-प्रसारण गर्न रोक लगाउने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । 

युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी परिपत्रमार्फत नेप...