प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह आउँदो असोज ६ देखि १० गतेसम्म संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालका तर्फबाट सहभागी हुन अमेरिका जाने निर्णय भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्रीको भ्रमण स्वीकृतको निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् ।
त्यस्तै आजको बैठकले सहसचिवद्वय विनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । प्रवक्ता पोखरेलका अनुसार कुँवरलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनी र खत्रीलाई मुख्यमन्त्री तथा मन्त्रिमन्त्रिपरिषद् कार्यालय सुदूरपश्चिममा पदस्थापना गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर मतदान सुरक्षा पूर्ण रूपमा सुनिश्चित गरिएको जानकारी दिएका छन् । आसन्न निर्वाचनको सन्दर्भमा शान्ति सुरक्षा र तयारीबारे गृह मन्त्रालयमा आयोजित सञ्चारकर्मीहर...
रवि-बालेनबीच सात बुँदे सहमति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच विभिन्न विषयमा सात बुँदे सहमति भएको छ । प्रमुख शाहले सामाजिक सञ्जालमार्फत सहमतिमा हस्ताक्षर गर्दै गरेको तस्बिर सार्वजनिक गर्दै शुभप्रभात लेखेका छन् । उ...
माओवादी-समाजवादीसहितको एकता सम्मेलन (तस्विरहरू)
काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा ८ दलका कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ । माओवादी, एकीकृत समाजवादी एस लगायत आठ कम्युनिस्ट पार्टीहरूले माओवादी निवर्तमान अध्यक्ष हाल संयोजक पुष्पकमल दाहाल संयोजक र एसका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक हुने गरी प...



