प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयदेखि मन्त्रिपरिषद्सम्म ठूलो हेरफेरको तयारी
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ आफ्नै सचिवालयदेखि मन्त्रिपरिषद्सम्म हेरफेरको तयारी थालेका छन् । संघीय बजेट पारित भएसँगै मन्त्रिपरिषद्मा हेरफेर गर्ने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आन्तरिक छलफल भएको स्रोतले जनाएको छ ।
सरकारको सय बुँदे कार्ययोजनाको समीक्षा, मन्त्रीहरूको कार्यसम्पादन मूल्यांकन तथा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनपछि विकसित राजनीतिक समीकरणलाई ध्यानमा राख्दै प्रधानमन्त्रीले नयाँ टोली निर्माणको गृहकार्य अघि बढाएको स्रोतले जनाएको छ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनबाट केन्द्रीय जिम्मेवारीमा पुगेका सचिवालयका सदस्यहरूलाई अब पार्टी संगठन निर्माणमा केन्द्रित गराउने तयारी गरिएको छ ।
राजनीतिक सल्लाहकार असीम शाह सह–महामन्त्रीमा निर्वाचित भएका छन् भने नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकाल केन्द्रीय सदस्य बनेका छन् । उनीहरूलाई सचिवालयबाट विदा गरी पार्टीको जिम्मेवारीमा सक्रिय बनाउने तयारी भइरहेको स्रोतको दाबी छ।
प्रधानमन्त्रीले प्रमुख स्वकीय सचिव सुवास शर्माको भूमिकाप्रति पनि असन्तुष्टि जनाएको चर्चा सचिवालयभित्रै चलिरहेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
भेटघाटमा ओली, देश विकासका लागि विश्राम नलिन मतदाताको आग्रह
झापा । झापा कमल गाउँपालिकाका बासिन्दाहरुले आफुहरु बहक्याउने होइन, देश बनाउने नेतालाई रोज्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनीहरुले झापा ५ चेतनशिल नागरिक भएको ठाउँ भएकाले यहाँ कोहीपनि बहकिने मत...
जननिर्वाचित सरकार ढल्नु लोकतन्त्र र संविधान ढल्नु हो : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६ लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बन्नुपर्ने बताएका छन् । सन् २०२५ मा भत्किएको लोकतन्त्र र खण्डित गरिएको, मिचिएको संविधानलाई सन् २०२६ मा मजबुत बनाई उठाउनुपर्ने उनले बताएका हुन् । नया...
प्रतिनिधि सभा बैठक बस्दै, चार मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने
काठमाण्डौँ । सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त...



