प्रधानमन्त्री बालेनले गृहमन्त्री गुरूङसँग लिए लिखित स्पष्टीकरण
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री सुधन गुरूङसँग लिखित स्पष्टीकरण लिएका छन् । सम्पत्ति विवरणमा सेयर खरिदसम्बन्धी विवरण नदेखिएको तथा सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग ‘कनेक्सन’ जोडिएको भन्दै गृहमन्त्री गुरूङमाथि प्रश्न उठेपछि प्रधानमन्त्री शाहले यस विषयमा चासो लिएका हुन् ।
उक्त विषय सार्वजनिक भएसँगै गृहमन्त्री गुरूङले आफूले सेयर खरिदका लागि ऋण लिएको दाबी गर्दै स्पष्टीकरण दिएका छन् । उनले यस विषयमा उठेका प्रश्नलाई सम्बोधन गर्दै आवश्यक विवरणसहित जवाफ दिएको बताएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार यस प्रकरणबारे प्रधानमन्त्री शाहले गम्भीर रूपमा चासो व्यक्त गरेका छन् । गृहमन्त्रीको सचिवालयले भने प्रधानमन्त्रीलाई लिखित स्पष्टीकरण बुझाइसकिएको जनाएको छ ।
सचिवालयका अनुसार गृहमन्त्री गुरूङले सोमबार साँझ करिब ६ बजे प्रधानमन्त्री समक्ष लिखित स्पष्टीकरण पेश गरेका हुन् ।
एक्सप्रेस
सम्बन्धित खबर
कांग्रेसले ३ दिन झण्डा आधा झुकाउने, आइतबार सबै कार्यालय बन्द गर्ने
काठमाडौँ । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको आकस्मिक बैठकले आलमप्रति श्रद्धाञ्जली व्यक्त गर्दै...
पूर्ण निष्ठाका साथ राष्ट्रनिर्माणमा आ–आफ्नो जिम्मेवारी पूरा गरौं : प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ–आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्षको शुभारम्भ भएको अवसरमा प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहनुभएका स...
दोस्रो पटक मन्त्रिपरिषद् प्रवेश गरेका सुधन गुरुङ पाँचौँ वरीयतामा, महावीर पुन आठौँ स्थानमा
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्मा दोस्रो पटक प्रवेश गरेका गृहमन्त्री सुधन गुरुङले पाँचौँ वरीयता प्राप्त गरेका छन् ।
मन्त्रिपरिषद्को वरीयता क्रममा गुरुङभन्दा अगाडि अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, शिशिर ख...
कांग्रेस विवाद : सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ । नेपाली कांग्रेसको विवादको सम्बन्धमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
हर्क साम्पाङले सुरु गरे दार्चुलामा पुल बनाउने अभियान
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दार्चुलामा पुल बनाउने अभियान थालेका छन् । धरानका साम्पाङले दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर ४ मा पर्ने डोकटमा रहेको महाकाली नदीको सहायक नदी कौवा खोलामा रहेको तुइन विस्थापन गर...
शंकर पोखरेलको टिप्पणी-नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्र हुँदैछ
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र बालेन साहबीचको सात बुँदे सहमतिलाई नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको दोस्रो तयारी भएको टिप्पणी गरेका छन् । ‘भदौ २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई...



