बिहिबार, १२ कात्तिक २०८३
नेपाली

राष्ट्रपति पौडेल जापानबाट हिँडे, आजै काठमाडौँ आइपुग्ने

Main News Image

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चार दिने औपचारिक भ्रमण पूरा गरी केहीबेरअघि टोकियोबाट स्वदेशका निम्ति प्रस्थान गरेका छन् । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा जापान सरकारको निमन्त्रणामा आयोजित विशेष समारोहमा सहभागी हुन उनी त्यसतर्फ गएका थिए। गत आइतबार प्रथम महिला सविता पौडेलसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी टोकियो प्रस्थान गरेका हुन् ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा विभिन्न उच्चस्तरीय भेटघाट र छलफलहरू गरेका छन् । सात दशक लामो यो मित्रतालाई आर्थिक र सामाजिक विकासका क्षेत्रमा अझ प्रभावकारी रूपमा अघि बढाउन उनको भ्रमण फलदायी रहेको विश्वास गरिएको छ । नेपाल र जापानबीचको ऐतिहासिक सम्बन्धलाई सम्मान गर्दै जापान सरकारले उनलाई विशेष अतिथिका रूपमा स्वागत गरेको थियो ।

mediabaaji add

सम्बन्धित खबर

सहिद दिवसमा बालेनको शुभकामना : ‘फेरि कसैले सहिद बन्नु नपरोस् !’

काठमाण्डौँ । प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले आज बिहानै सहिद दिवसको शुभकामना दिँदै फेरि कसैले सहिद बन्न नपरोस् भन्ने कामना गरेका छन् । चुनावी अभियानका क्रममा अहिले...

सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताएकी छन्। मंगलबार बालुवाटारमा जेनजी आन्दोलका घाइतेहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको मर्मभन्दा ब...

पूर्वप्रधानमन्त्री देउवा स्वदेश फिर्ता

काठमाण्डौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । बिहीबार बैंककबाट स्वदेश फर्किएका हुन्। उनलाई कांग्रेस नेताहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

कांग्रेसका पूर्वक...

सिमराको तनावपछि प्रचण्डको अपिल : हिंसा रोकौँ, संयमता अपनाऔँ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा बढ्दो तनाव नियन्त्रणबाहिर नजाओस् भन्दै सबै पक्षलाई उच्च संयमता अपनाउन आग्रह गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उन...