वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण कार्य धमाधम भइरहेको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनर्निर्माण कार्यलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
राजमार्गको जोखिमयुक्त स्थानमा आउँदो वर्षाअघि नै पूर्वाधार निर्माण सक्ने र राजमार्गबाट नै यातायातका साधन सञ्चालन गर्नेगरी निर्माण कार्यलाई तीव्रता दिइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक : कुन देशको रुपैयाँ कतिमा खरिद बिक्री हुँदैछ ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा कायम भएको छ । यस्तै, युरोप...
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
धादिङ । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो ।
<...बजेट महत्वाकांक्षी र धनी वर्गलाई पोस्ने खालको छ, लक्ष्य पूरा हुँदैन : पूर्व अर्थमन्त्री महत
काठमाडौँ । पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा। प्रकाशशरण महतले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट अत्यन्त महत्वाकांक्षी भएको र यसले तल्लो तथा मध्यम वर्गलाई भन्दा धनी वर्गलाई पोस्ने नीति लिएको टिप्पणी गरेका छन् ।
म...



