आइतबार, २५ असोज २०८३
नेपाली

दसैँलगत्तै एनपिएल, त्रिवि क्रिकेट मैदानको तयारी तीव्र

Main News Image

काठमाण्डौँ । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको र त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आवश्यक पूर्वाधार निर्माण भइरहेको छ। प्रतियोगिता चाडपर्वको समयमा आयोजना हुँदा दर्शक प्रभावित हुन सक्ने आकलन भए पनि, क्रिकेट सङ्घ विश्वास गर्छ कि दर्शकको उत्साह कमी हुनेछैन।

तेस्रो संस्करणमा अन्तरराष्ट्रिय खेलाडीको सहभागिताले दर्शक आकर्षण बढाउने र टेलिभिजनमा देखेका खेलाडीलाई प्रत्यक्ष हेर्ने अवसर हुनेछ।

काठमाडौँ( नेपाल प्रिमियर लिग ९एनपिएल० को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

नेपाल क्रिकेट सङ्घ क्यान का सचिव पारस खड्काका अनुसार प्रतियोगिता सुरु हुन करिब तीन साता बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका कामलाई तीव्रता दिइएको हो ।

प्रतियोगिताको हरेक संस्करण बृहद् बन्दै गएकाले दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनालाई विगतभन्दा राम्रो अनुभव दिने गरी तयारी भइरहेको उनले बताए ।


mediabaaji add

सम्बन्धित खबर

इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

काठमाडौँ । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी-२० विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आइतबार नेपालले...

७ वर्षे बालक तेगबीरको कीर्तिमान : ५,४१६ मिटरको थोरङ्ला पास पार गर्दै बने संसारकै कान्छो पदयात्रीमध्ये एक

काठमाण्डौँ । भारतका ७ वर्षीय तेगबीर सिंहले ५,४१६ मिटर उचाइको थोरङ्ला पास पार गर्दै संसारकै कान्छा पदयात्रीमध्ये एकको कीर्तिमान बनाएका छन् । अप्रिल ११ मा सुरु भएको यात्रा १८ मा पूरा गर्दै उनले कडा चिसो र कम अक्सिजनबीच २३० किमि पदयात्रा सफलतापूर्वक...

टी-२० विश्वकपमा आजदेखि सेमिफाइनल, भिड्दैछन् न्युजिल्याण्ड र दक्षिण अफ्रिका

काठमाण्डौँ । आइसिसी टी २० विश्वकपमा आजदेखि सेमिफाइनलका खेलहरू हुँदैछन् । सेमिफाइनलको पहिलो खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्दैछन् । कोलकातास्थित इडेन गार्डेनमा बेलुकी सवा ७ बजेदेखि खेल सुरू हुनेछ । दक्षिण अफ्रिका सुपर ८ बाट समूह एको...

एनआरएनए अमेरिका बोल्यो : मन्त्री गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन

काठमाडौँ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका एनआरएनए अमेरिकाले मन्त्री बब्लु गुप्तासँग आफ्नो संस्थाको कुनै पनि औपचारिक सम्बन्ध नरहेको स्पष्ट गरेको छ । संघले आफ्नो नाम जोडेर मन्त्री गुप्ताको सहभागिता रहेको भनी प्रचार गरिएका विवर...

सन्दीप लामिछाने बने नेपालको ओडिआई कप्तान्

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय ओडिआई कप्तानमा स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको छ । यसअघि ओडिआई र टी–२० दुवैको कप्तानको जिम्मेवारी सम्हाल्दै आएका रोहित पौडेललाई पदबाट हटाउँदै क्यानले सन्दीपलाई ओडिआईको...

महिला टी–२० विश्वकप छनोट आजदेखि, १० मध्ये शीर्ष चार विश्वकपमा, नेपाल थाइल्याण्डसँग खेल्दै

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौँमा शुरू हुँदैछ । तीन वटा टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बावेसहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गर्दैछन् । 

य...