बुधबार, ०९ वैशाख २०८३
नेपाली

पशुपतिमा महाशिवरात्रिको तयारी अन्तिम चरणमा

Main News Image

काठमाण्डौँ । महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ क्षेत्रमा सरसफाइलगायत व्यवस्थापनको तयारी तीव्र पारिएको छ । महाशिवरात्रि पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरी धमाधम तयारी भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

तयारी ९० प्रतिशत पूरा भइसकेको कोषले जानकारी दिएको छ । पशुपतिमा महाशिवरात्रि मनाउन नागा बाबाहरू आउने क्रम पनि सुरु भइसकेको छ।  स्वदेशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत श्रद्धालुहरू पशुपति आइरहेका छन् । यही फागुन ३ गते पशुपतिसहित देशभरका शिवालयमा शिवरात्रि पर्व मनाइँदै छ । 

mediabaaji add

सम्बन्धित खबर

आज देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ । आज राति देशभर...

जेनजी आन्दोलनपछि पहिलोपटक देउवा सार्वजनिक

२८ असोज, काठमाडौं । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् ।

मंगलबार पार्टी के...

सरकारले भन्यो_ इजरायल र इरानको यात्रा नगर्नू

काठमाडौँ । नेपाल सरकारले नेपाली नागरिकलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार सूचना जारी गर्दै अवस्था सामान्य नहुँदासम्म दुवै देशको यात्रा नगर्न नेपाली नागरिकलाई आग्रह गरेको हो ।

‘इजरायल वा इरान यात्रा...

खगेन्द्रलाई तोकियो पचास हजार धरौटी!

मिडियाबाजी डटकम काठमाडौँ कात्तिक १३ । जिल्ला अदालत काभ्रेपलाञ्चोकले खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको छ ।

अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ पुर्जी जारी भएका सुनार बिहीबार बिह...

कुलमान–रवि वान–टु–वान भेट, पार्टी समायोजनमा छलफल

काठमाडौँ । मन्त्रीबाट राजीनामा दिएका कुलमान घिसिङले शुक्रबार रास्वपा सभापति रवि लामिछानेसँग पार्टी समायोजनका विषयमा वान–टु–वान भेटवार्ता गरेका छन् । भेटमा सम्मानजनक एकता, केन्द्रीय समितिको हिस्सेदारी र उम्मेदवारीबारे छलफल भएको बुझिएको छ ।

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, मधेश...