कार्तिकदेखि भारतबाट विद्युत् आपूर्ति सुनिश्चित गर्ने तयारी
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत् आपूर्ति सुनिश्चित गर्ने तयारी पूरा गरेको जनाएको छ । प्राधिकरणका अनुसार, धेरै आयोजना रन अफ द रिभर प्रकारका छन् र नदीको प्रवाही निर्भरता तथा डिस्चार्ज घट्दाखेरि उत्पादनमा स्वाभाविक कमी आउने गर्छ । यस वर्ष पनि धेरै आयोजना थपिएका कारण हिउँदमा भारतबाट आपूर्ति सुनिश्चित गर्नुपर्ने आवश्यकता देखा परेको छ ।
विद्युत प्राधिकरणले असोज १२ र १३ गते ग्राहकहरूलाई बक्यौता तिर्न २१ दिनको समय दिई कार्तिक २ गतेभित्र तिर्न अनुरोध गरेको छ । साथै, संचालक समितिले २८ किस्तामा बक्यौता तिर्न सकिने व्यवस्था पनि गरेको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालले प्रसारण लाइन निर्माणमा ढिलाइ भएका कारणहरू पनि सार्वजनिक गरे । ‘मुख्य कारणहरूमा वन तथा रुख कटानसम्बन्धी प्रक्रियागत चुनौती, स्थानीय सामाजिक अवरोध र कठिन भौगोलिक अवस्था रहेका छन्। अधिकांस आयोजना पहाडी भेगमा छन् भने खपत केन्द्र दक्षिणमा रहेकाले उत्तर–दक्षिण प्रसारण लाइनको निर्माण चुनौतीपूर्ण छ,’ उनले भने ।
विद्युत प्राधिकरणले स्पष्ट पारेको छ कि हालको ट्रिपिङ वा सेवा व्यवधान लोडसेडिङ नभएको ढकालले प्रष्ट पारे । प्राविधिक कारणले गर्दा केही समयका लागि लाइनमा अवरोध आएको मात्र हो र प्रणालीमा कुनै संरचनागत क्षति पुगेको छैन । ग्राहकहरूलाई भरपर्दो सेवा दिन प्राधिकरण निरन्तर प्रयासरत रहेको र जहाँ कमी कमजोरी देखिए सुधार गर्न तयार रहेको उल्लेख गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नेप्से १० अङ्कले घट्यो, कारोबार ५ अर्ब नाघ्यो !
काठमाडौँ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०.२९ अङ्कले घटेर २,६१०.६३ मा झरेको छ । ३२३ कम्पनीका करिब १ करोड ३ लाख कित्ता शेयर कारोबार हुँदा कूल ५.०१ अर्ब रुपैयाँको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये होटल, उत्पादन र व्यापार बढ्दा बाँकी १०...
अमेरिका-इरान युद्धविरामको प्रभाव : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट
न्यूयोर्क । अमेरिका र इरानबीच दुई हप्ता लामो युद्धविरामको घोषणा भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ । विगत पाँच हप्तादेखि जारी युद्धका कारण आकासिएको तेलको मूल्यमा बुधबार करिब १५ प्रतिशतसम्मको गिरावट देखिएको हो । यु...
सुनको मूल्यमा गिरावट, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ । सुन आज तोलामा तीन हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको छ । य...



