९ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
काठमाण्डौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कार्यालयले लिखित स्पष्टीकरण सोधेको हो ।
जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम कार्यालयले विभिन्न प्रक्रिया पूरा गरेर कालो सूचीमा राख्दै आएको छ । सूचना प्रकाशित भएको मितिले सात दिनभित्र ती निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ।
कार्यालयले सार्वजनिक खरिद नियमावल २०६४ को नियम १४१ को उपनियम ९४रक० को प्रयोजनार्थ सूचना प्रकाशित गरिएको जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
पश्चिमी वायु र चक्रवातको प्रभाव : शुक्रबारदेखि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभाव र बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको समेत संयुक्त असर पर्ने देखिएसँगै आगामी शुक्रबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार र...
इरानले अमेरिकालाई पठायो सधैंको लागि युद्ध अन्त्य गर्ने नयाँ प्रस्ताव
काठमाडौँ । इरानले अमेरिका र इजरायलसँग जारी द्वन्द्व ‘सधैंका लागि अन्त्य गर्ने’ उद्देश्यसहित शान्ति प्रस्ताव अघि सारेको छ । इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार उक्त प्रस्ताव पाकिस्तानमार्फत् पठाइएको हो । बीबीसीका अनुसार अमेरिकाबाट आएको १५...



