आइतबार, २२ कात्तिक २०८३
नेपाली

सहमति नजुटेपछि ‘इमर्जेन्सी मोड’मा कांग्रेस महाधिवेशनको तयारी : डा. महत

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशनको तयारी आपत्कालीन अवस्था इमर्जेन्सी मोड मा गरिरहेको बताएको छ । शनिबार पार्टीको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा नेता डा। प्रकाशशरण महतले समयको चापका कारण छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको स्पष्ट पारे ।

पार्टीभित्र एकताको महाधिवेशन गर्नका लागि अन्तिमसम्म प्रयास गरे पनि सम्भव नभएको महतको भनाइ छ।  ‘हामी एकताको महाधिवेशन सम्पन्न होस् भन्ने चाहन्थ्यौँ, त्यसका लागि सबै ढोका खुला राखेर कोसिस गर्दा पनि सम्भव नभएपछि आपत्कालीन मोडमा तयारीमा लागेका छौँ,’ उनले भने। 

mediabaaji add

सम्बन्धित खबर

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानका प्रयास प्रारम्भ गरेकी छन् । यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गरेको प्रधानमन्त्री तथा मन्त्रिपर...

प्रतिनिधिसभा निर्वाचन : प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । अनुमति पाएको सवारीसा...

बिराटनगरमा महेश बस्नेतमाथि आक्रमणको प्रयास

विराटनगर । एमाले पोलिट्व्यूरो सदस्य महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको छ । आज इटहरीमा आयोजित युवा संघ कोशी प्रदेशस्तरिय जनजागरण अभियानमा सहभागी हुन श्री एयरको उडानमार्फत विमानस्थल आइपुगेका बेला द...

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। रेशमलाल चौधरीले चुनाव चिह्न जाँतो राखेर नयाँ दल दर्ता गराएका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार योसँगै आयोगमा दर्ता भएका राजनीति...

सुदन किरातीले छोडे प्रलोपा, हर्क साम्पाङसँग संवादमा

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाका अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले परित्याग गरेका छन् । पूर्वमन्त्री किरातीले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिएका हुन् ।

रवि, कुलमान, बालेन र हर्क साम्पाङलाई मिलाउने प्रयासमा जेनजी अगुवा

काठमाडौँ । आसन्न निर्वाचनका लागि केही राजनीतिक दल र फरक फरक समूहमा रहेका जेनजी अभियानकर्मीहरूलाई मिलाएर एउटा वैकल्पिक राजनीतिक शक्ति बनाउने प्रयास भइरहेको यसमा संलग्न केही व्यक्तिले बताएका छन् । बिहीवार राष्ट्रिय स्वतन...