बुधबार, ११ कात्तिक २०८३
नेपाली

रामजानकी विवाह महोत्सवको ‘मटकोर’को तयारी

Main News Image

महोत्तरी । मधेशको प्राचीन मिथिला क्षेत्रमा मनाइने साताव्यापी रामजानकी विवाह महोत्सव सुरु भएसँगै महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी थालिएको छ। जनकपुरधाममा साताव्यापी महोत्सव बिहीबार सुरु भएसँगै विवाहपञ्चमीको एक दिनअघि गरिने ‘मटकोर’ विधिको तयारी मटिहानीस्थित लक्ष्मीनारायण मठले थालेको हो । यसपालि मङ्सिर शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी आउने मंगलबार परेको छभने ‘मटकोर’ एक दिन पहिले सोमबार सम्पन्न गरिनेछ। सातदिने महोत्सवमा नगर दर्शन, फूलबारी लीला र धनुषयज्ञ क्रमशः बिहीबार, शुक्रबार र शनिबार सम्पन्न भएका छन् ।

मटिहानीस्थित लक्ष्मीनारायण मठ मुलुककै नायक मठ मानिन्छ। त्रेतायुगमा अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम श्रीराम र मिथिला नरेश जनककी पुत्री सीताको विवाह जनकपुरमा गरिँदा यज्ञवेदी बनाउन मटिहानीबाट माटो खनिएको विश्वास गरिन्छ । यसै विश्वासले मटिहानीमा विवाहको एक दिन पहिले गरिने ‘मटकोर’ उत्सव मनाइँदै आइएको लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउँछन् ।

“मटिहानीमा रामजानकी विवाह महोत्सवको ‘मटकोर’ उत्सव मनाइने चलन छ, यसअनुसार हामी त्यसको तयारीमा छौं”, डा वैष्णव भन्छन्, “यसमा मटिहानी नगरवासी र नेपाल(भारतका सन्तहरू सम्मिलित हुँदै आएका छन् ।” मटकोर विधिमा विवाहको एक दिनपूर्व पवित्र ठाउँको माटो खनेर वेदी, मण्डप, घडा, चुल्हो र देवीदेवताका प्रतिमा लेपन गरिने चलन छ। माटो खन्न जाँदा बाजागाजासहित महिला जाने गर्छन् । यसरी माटो खन्न जाने बेला महिलाले धानको भुस, चामल, बेसार, दही, फूल, पानको पात, सुपारी र अक्षतासहितका पूजा सामग्रीले भूमि पूजन गर्ने चलन छ ।

भूमि पूजनको भाव भने पृथ्वीसँग माटो खन्ने अनुमतिका लागिको प्रार्थना भएको राजकीय संस्कृत मावि मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउँछन् ।

 

mediabaaji add

सम्बन्धित खबर

मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु

धनुषा । मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ। यहाँ रहेका गंगासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा प...

महादेवबेँसीमा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना : एक जनाको मृत्यु

धादिङ । थाक्रे गाउँपालिकास्थित महादेवबेंसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना भएको  छ । काठमाडौंबाट रसुवाका लागि छुटेको बागमती प्रदेश ०१००६ ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौं जाँदै गरेको प्रदेश ३,०१००६ ख १५५२ नम्बरको बस आज...

साउनको अन्तिम सोमबार : पशुपतिमा जल चढाउन सुन्दरीजलमा भक्तजनको घुइँचो

काठमाडौँ । सौरमासअनुसार साउन महिनाको अन्तिम सोमबार आराध्यदेव भगवान् श्री पशुपतिनाथलाई जल चढाउनका लागि हजारौँ भक्तजन सुन्दरीजल पुगेका छन् । प्रत्येक वर्ष साउनको सोमबार वाग्मती नदीको उद्गमस्थल नजिकै रहेको सुन्दरीजलमा स्नान गरी शुद्ध जल लगेर पशुपतिना...