बिहिबार, १२ कात्तिक २०८३
नेपाली

उपाध्यक्ष अस्वीकार गर्दै घर हिँडे प्रदीप ज्ञवाली

Main News Image

काठमाडौँ । महासचिव पदमा दाबी गर्दै आएका प्रदीप ज्ञवालीले एमालेको उपाध्यक्ष पदमा उम्मेदवारी दिन अनिच्छा देखाएका छन् । मंगलबार हुने निर्वाचनबाट एमालेको नयाँ नेतृत्व चयन हुँदैछ । यसैबीच अध्यक्षका दुई प्रतिस्पर्धी, केपी शर्मा ओली र ईश्वर पोखरेल समूहले छुट्टाछुट्टै प्यानल तयार पारेका छन् ।

ओली समूहको उपाध्यक्षमा ज्ञवालीको नाम सार्वजनिक भएको छ। तर स्रोतका अनुसार उनले उपाध्यक्ष बन्न इच्छुक छैनन् । ज्ञवालीले यसअघि अध्यक्ष ओलीसँग पनि महासचिव पदमा आफ्नो दाबी रहेको बताएका थिए। उनले ओलीलाई भनेका थिए, ‘महासचिवभन्दा माथि पनि लड्दिनँ, तल पनि लड्दिनँ।’
हाल ज्ञवाली महाधिवेशनस्थलमा छैनन् । आफ्नो नाम उपाध्यक्षमा राखिएपछि असन्तुष्ट देखिएपछि घरमै आराम गरिरहेको स्रोतले जनाएको छ।

mediabaaji add

सम्बन्धित खबर

जेनजीबिना सम्भव थिएन जनयुद्ध : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनको उद्देश्य सही रहेको बताएका छन् । जेनजीसँग पार्टीको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आजमात्रै एक हजारभन्दा धेरै जेनजी युवालाई पार्ट...

नयाँ संसद भवन अझै अधुरै, कहाँ बस्छ प्रतिनिधि सभाको बैठक ?

काठमाडौँ । निर्माणाधीन नयाँ संसद भवनको मुख्य सभाकक्ष समयमै तयार हुन नसकेपछि प्रतिनिधि सभाका आगामी बैठकहरू सोही परिसरमा रहेको बहुउद्देश्यीय हल मा सञ्चालन गरिने भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा आन्दोलनका क्रममा आगजनी भएपछि सिर्जना भएको बैठक कक...

झलनाथले घोषणा गरे समाजवादी जागरण अभियान

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाल पार्टीबाट बाहिरिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यसहित ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका हुन् ।

उनको नेतृत...

भोट नदिने केन्द्रीय सदस्य र नेतालाई कारवाही गर्ने प्रचण्डको घोषणा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई भोट नदिएका केन्द्रीय सदस्य र जनवर्गीय संगठनका नेताहरूलाई कारबाही गर्ने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा विहीबार आयोजित बैठक...