प्रचण्डको सचिवालयले भन्यो : कुनै दलसँग एकता टुङ्गो लागेको छैन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले हालसम्म कुनै पनि दलसँग एकता गर्ने निर्णय नभएको स्पष्ट पारेको छ । हाल माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी सहितका दलहरूसँगको एकता अन्तिम चरणमा पुगेको चर्चा चलिरहेका बेला प्रचण्डको सचिवालयले वक्तव्य जारी गर्दै समाचार र अफवाह सत्य नभएको जनाएको हो ।
प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार समाजवादी मोर्चामा आबद्ध दलहरू र अन्य वामपन्थी तथा प्रगतिशील समूहहरूसँग सामाजिक रूपान्तरण र समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न वैचारिक र सङ्गठनात्मक स्तरमा गहिरो छलफल भइरहेको छ ।
तर हालसम्म कुनै पनि दलसँग एकता गर्ने वा औपचारिक सहमति गर्ने अन्तिम निर्णय भएको छैन । आचार्यका अनुसार नेपाली जनताको अगुवाइमा भएका ऐतिहासिक क्रान्ति र सङ्घर्षका उपलब्धि जोगाउँदै बाँकी कार्यभार पूरा गर्न एकता अपरिहार्य रहेको माओवादी केन्द्रको धारणा हो ।
एक्सप्रेस
सम्बन्धित खबर
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि स्थगित
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि पनि स्थगित भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आजका लागि बोलाइएको बैठक शनिबारसम्मका लागि सरेको जानकारी दिए । असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति...
पुनर्गठनको एजेन्डा रवि लामिछानेको विकल्प होइन: तोसिमा कार्की
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेतृ डा तोसिमा कार्कीले पार्टी सभापति रवि लामिछानेको विकल्प खोज्ने उद्देश्यले पुनर्गठनको एजेन्डा अघि सारेको भन्ने टिप्पणीको खण्डन गरेकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुक...
चार राजदूतको राजीनामा स्वीकृत
काठमाडौँ । सरकारले फिर्ता बोलाएका राजदूतहरूले दिएको राजीनामा स्वीकृत भएको छ। सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका राजदूतमध्ये चार जनाले राजीनामा दिएका थिए । उनीहरूको राजीनामा परराष्ट्रमन्त्री समेत रहेकी प्रधा...
अच्युतम लामिछानेलाई २ मतले हराउँदै उत्सव अर्याल रास्वपा बागमतीको प्रदेश सभापतिमा निर्वाचित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बागमती प्रदेशको प्रथम अधिवेशनबाट उत्सव अर्याल प्रदेश सभापतिमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनको अत्यन्तै रोचक र कडा प्रतिस्पर्धात्मक मतपरिणाम अनुसार अर्यालले आफ्ना निकटतम प्रतिस्पर्धी डा।...



