सोमबार, १८ जेठ २०८३
नेपाली

पूजा महतोको धैर्यपूर्ण अर्धशतकले नेपाललाई जितको बाटोमा फर्कायो

Main News Image

काठमाडौँ । पूजा महतोको अविजित अर्धशतकीय इनिङ्सको मद्दतमा नेपालले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा आफूलाई जीवित राखेको हो ।

१३० रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। दबाबपूर्ण अवस्थामा पूजा महतोले संयमित ब्याटिङ गर्दै ५० बलमा चार चौका र दुई छक्कासहित अविजित ५२ रन बनाइन्। कप्तान इन्दु बर्माले २२ रनको योगदान दिइन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। जिम्बाबेका लागि केलिस धलोभुले अविजित ५२ रन जोडिन् भने बिलभ्ड बिजाले ३४ रन बनाइन्। मोडेस्टर मुपाचिवाले १४ रनको योगदान दिइन्।

नेपालका बलरहरू सामूहिक रूपमा प्रभावशाली देखिए। रिया शर्माले दुई विकेट लिइन् भने कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले समान एक–एक विकेट लिए।

यस जितसँगै नेपालले प्रतियोगितामा आशा जोगाएको छ। अब नेपालले सोमबार स्कटल्यान्डसँग अन्तिम खेल खेल्नेछ, जहाँ जित अनिवार्य रहने दबाब कायमै छ।

mediabaaji add

सम्बन्धित खबर

एनपीएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स...

आजदेखि एनपीएलको दोस्रो संस्करण, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल आज सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल आज दिउँसो ४ बजे सुरु हुनेछ ।  काठमाडौंको कीर्तिपुर...

टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली पुरुष क्रिकेट टोलीको बिदाई

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने पुरुष नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले शनिवार विशेष कार्यक्रम गरी आईसीसी टी–२० विश्वकप खेल्ने टोलीलाई बिदाई गरेको हो । आगामी फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा...

विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ । आइसिसी महिला टी २० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्याण्डसँग आठ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १६ दशमलव पाँच ओभरमा दुई व...

साम्बाको दुई गोलमा भारतमाथि नेपालको जित

काठमाडौँ । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ । शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २-१ ले पराजित गरेको हो। प्रतियोगिता...

आईपीएल : चेन्नईको सानदार प्रदर्शन, कोलकाता ३२ रनले पराजित

काठमाडौँ । साविक विजेता चेन्नई सुपर किङ्ग्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२६ मा आफ्नो अपराजित यात्रा कायम राख्दै लगातार दोस्रो जित दर्ता गरेको छ । मंगलबार राति घरेलु मैदान एम।ए। चिदम्बरम स्टेडियममा भएको रोमान्चक खेलमा चेन्नईले कोलकाता नाइट राइ...