बुधबार, ११ कात्तिक २०८३
नेपाली

ओलीसँग पोखरेलको प्रतिश्पर्धा निश्चित

Main News Image

काठमाडौँ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनमा आफूले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । बिहीबार सचिवालय बैठकमा उनले आगामी महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने औपचारिक रूपमा जानकारी दिएका हुन्। बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी आन्दोलन संकटापन्न अवस्थामा पुगेको, नेतृत्वको अभिव्यक्ति, कार्यशैलीका कारण संकट गहिरिँदै गएकाले यसको निकास दिने गरी आफूले प्रतिस्पर्धा गर्न चाहेको सन्देश दिनुभएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

‘यो जटिल परिस्थिती, यो गम्भीर परिस्थिती, यो संकटमा नयाँ ढंगले पार्टीलाई पुनर्गठन गरेर जानुपर्छ भनेर राख्दै आएका हौँ हामीले’ ती पदाधिकारीले भने, ‘खाली नेतृत्वको सवालमा त्यति छलफल भएको थिएन। आज अध्यक्ष ९ओली०ले पनि म छोड्दिन, म उठ्छु भन्नुभयो। ईश्वर कमरेडले पनि म पनि उठ्ने तयारीमा छु भन्नुभयो।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीभित्र स्थापित विधि, परम्परा, मूल्यको जगेर्ना गर्दै प्रतिस्पर्धा गर्ने र परिणाम जे आए पनि आफू स्वीकार्न तयार रहेको सन्देश पनि दिएका थिए। ‘म प्रतिस्पर्धा गर्छु। हारजित जे भए पनि त्यो प्रतिस्पर्धाको सौन्दर्य हो। म त्यसलाई सहर्ष स्वीकार गर्छु,’ पोखरेलले बैठकमा भनेका थिए, ‘प्रतिस्पर्धाका लागि म योग्य पनि छु।’

जबाफमा अध्यक्ष ओलीले पार्टी आन्दोलन संकटमा परेका बेला, नेतृत्वमाथि चौतर्फी घेराबन्दी भइरहेका बेला आफूले अध्यक्ष नछाड्ने बताएका थिए। ‘प्रतिस्पर्धा गर्नुहुन्छ भने गर्नुहोस्। म नगर्नुहोस् भन्दिनँ। तर मैले अहिले नेतृत्व छाड्ने अवस्था छैन। तर प्रतिस्पर्धाले पार्टी, आन्दोलन र स्वयम् व्यक्तिलाई पनि फाइदा पुग्दैन,’ ओलीले भनेका थिए।

mediabaaji add

सम्बन्धित खबर

फागुन २१ को निर्वाचनका लागि मेयर त्याग्दै हर्क साम्पाङ

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानको नेतृत्वबाट बिदा लिएर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा होमिने भएका छन् । मेयर साम्पाङका साम्पाङका निकट सहयोगी तथा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस...

८ लाख ३७ हजार मतदाता थपिए

काठमाडौँ । नेपालमा आठलाख ३७ हजार भन्दा धेरै मतदाता थपिएका छन् । आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मतदाता नामावली दर्ता प्रक्रियामा उत्साहजनक सहभागिता देखिएको निर्वाचन आयोगले जनाएको छ ।...

चुनाब फागुन २१ मा एकैदिन गर्नुपर्छ : प्रचण्ड

काठमाडौँ । मंगलबार प्रधानमन्त्री सुशीला कार्कीले मौसम अनुकूल नभएमा हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन हुन सक्ने बताएपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले त्यसो नगर्न सुझाव दिएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रमम...