शनिबार, ०७ कात्तिक २०८३
नेपाली

पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

Main News Image

पोखरा ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाई दुबईले आज एक महिना पूरा गरेको छ। फ्लाई दुबईले गत ७ असोजदेखि उक्त रुटमा नियमित उडान सुरु गरेको थियो। एक महिनामा ३० वटा उडान सञ्चालन भएकामा दुबई–पोखरा ४ हजार ५२१ र पोखरा–दुबई १ हजार ८४१ गरी ६ हजार ३६२ जना यात्रुले सेवा लिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रवन्धक जगन्नाथ निरौलाले बताए। उनका अनुसार सुरुआतको एक महिना अन्तर्राष्ट्रिय उडानलाई उत्साहजनक रुपमा लिइएको छ।

‘नेपालीहरूको ठूला चाड दसैँ र तिहारका कारणले दुबईबाट आउने यात्रुहरूको संख्या वृद्धि भइरहेको छ भने यहाँबाट जानेहरूसमेत बढिरहेका छन्। सबैको साथ र प्रयासबाट पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र दीर्घकालिन हुने विश्वास गर्न सकिन्छ। यसमा सरकारी तथा निजीक्षेत्रले मिलेर प्रवर्द्धनात्मक काम गर्नुपर्छ’, महाप्रवन्धक निरौलाले भने।

mediabaaji add

सम्बन्धित खबर

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार एक सय रुपैयाँले घटेर तोलामा २ लाख ८२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीवार सुन तोलामा २ लाख ८५ हजार २ सय र...

नेशनल लाईफ इन्स्योरेन्सको सफलताको शुरुवात कार्यक्रम सम्पन्न

काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि १ रात २ दिनको “सफलताको शुरुवात” कार्यक्रम पोखरा स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २...

५० वर्षमा नाडा, भदौ ९ गतेदेखि भृकुटीमण्डपमा भव्य अटो शो आयोजना हुने

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ । स्वर्ण जयन्ती विशेष संस्करणका रूपमा आयोजना हुने अटो शो भदौ ९ देखि १४ गतेसम्म क...