सर्वसाधारणले खाने चामलमा विषादी
काठमाडौँ । सर्वसाधारणले दैनिक उपभोग गर्ने चामलमा विषादीको अवशेष भेटिएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । विभिन्न स्थानबाट संकलित नमुनाको परीक्षणमा करिब ८३ प्रतिशत चामलमा विषादीको अवशेष फेला परेको हो । मायादेवी गाउँपालिकाका १२० व्यावसायिक किसानमा गरिएको सर्वेक्षण तथा जिल्लाका ५० जना कीटनाशक बिक्रेता र धान व्यापारीसँग गरिएको अन्तर्वार्ताबाट यस्तो नतिजा आएको हो ।
प्रतिवेदनले काठमाडौं, भक्तपुर र ललितपुरबाट संकलित चामलका नमुनामा कीटनाशक अवशेषको अवस्था पनि परीक्षण गरेको थियो। परीक्षणमा झण्डै ८३ प्रतिशत चामलमा कुनै न कुनै प्रकारको विषादीको अवशेष भेटिएको छ जसमध्ये करिब ८० प्रतिशत नमुनामा दुई वा सोभन्दा बढी प्रकारका विषादीको अवशेष भेटिएका छन् । काठमाडौंका नमुनामा अन्य जिल्लाभन्दा बढी र उच्च मात्रामा अवशेष भेटिएको उल्लेख गरिएको छ भने बासमती चामलमा यस्तो अवशेष बढी देखिएको छ । विषादीको अवशेषको मात्रा ५.०९ माइक्रोग्राम प्रतिकिलोदेखि ३१२.५४ माइक्रोग्राम प्रतिकिलोसम्म पाइएको छ भने औसत २२.१३ माइक्रोग्राम प्रतिकिलो रहेको प्रतिवेदनले जनाएको छ ।
ट्राइसाइक्लाजोल, थायामेथोक्साम र टेबुकोनाजोल सबैभन्दा बढी भेटिएका कीटनाशक हुन् भने एलुमिनियम फस्फाइड र क्लोरपाइरिफोसजस्ता प्रतिबन्धित तथा विषालु पदार्थको प्रयोगसमेत अझै भइरहेकामा प्रतिवेदनले चिन्ता व्यक्त गरेको छ। यद्यपि यस्ता अवशेष भएको चामल खानाले तत्काल स्वास्थ्यमा ठूलो जोखिम भने नदेखिएको प्रतिवेदनको निष्कर्ष छ । जोखिम मूल्यांकन गर्दा हाजार्ड कोटिएन्ट र हाजार्ड इन्डेक्स दुवै १ भन्दा कम रहेकाले हालको अवस्थामा उपभोगबाट हुने जोखिम ठूलो नरहेको जनाइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आज विश्व हेपाटाइटिस दिवस : बी र सी का १० मध्ये ९ बिरामी अनविज्ञ, वार्षिक १३ लाखको ज्यान जाँदै
काठमाडौँ । आज ‘विश्व हेपाटाइटिस दिवस’ विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । कलेजोलाई गम्भीर असर पुर्याउने हेपाटाइटिस रोगबारे विश्वभर जनचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्ष जुलाई २८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
विश्व स्वास्थ्...
काठमाडौं उपत्यकामा मंसिरदेखि मासु जाँच अनिवार्य, देशभर चरणबद्ध कार्यान्वयन हुँदै
काठमाडौँ । सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लाई देशभर चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाएको छ । उपभोक्तालाई गुणस्तरीय तथा सुरक्षित मासु उपलब्ध गराउने उद्देश्यले सरकारले काठमाडौं उपत्यकाबाट सुरु गरी क्रमशः देशभर ऐन कार्यान्व...
ऐन परिमार्जन गरे नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ : विप्लव अधिकारी
काठमाडौँ । नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले नेपाललाई पाँच वर्ष भित्रमा नै औषधिमा आत्मनिर्भर बनाउन सक्ने दाबी गरेका छन् । मंगलवार नेपाल फार्मा एक्स्पो र औषधिमा आत्मनिर्भरता , नीतिगत सवाल विषयक कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै अ...
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह
काठमाडौँ । जेनजेड आन्दोलनका नेता रवि किरण हमालले चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसी २४औँ सत्याग्रहमा बस्नुअघि नै सरकारले तत्काल वार्ता गरी उनका जायज माग सम्बोधन गर्नुपर्ने बताएका छन् । लोकतान्त्रिक शासन व्यवस्थामा नागरिकलाई पटक–पटक अन...
काठमाडौं बन्यो विश्वकै पाँचौं प्रदूषित सहर, बाहिर व्यायाम तथा मर्निङ वाक नगर्न सुझाव
काठमाडौँ । काठमाडौंको वायु प्रदूषण निकै बढेर हाल गम्भीर संकटमा पुगेको छ। पछिल्लो तथ्यांकअनुसार काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा शीर्ष पाँचभित्र परेको छ । पछिल्लो तथ्यांकअनुसार काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा शी...
अस्पतालमा जथाभावी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयलको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, ताताबन्दी र अन्य कानुनविपरीत गतिविधि नगर्न निर्देशन दिएको छ । बुधबार जारी विज्ञप्तिमा मन्त्रालयले पछिल्लो समय केही व्यक्तिहरूले अनुमति बिना अस्पताल पर...


