बुधबार, ११ कात्तिक २०८३
नेपाली

पिपुल्स हाइड्रोपावरले अपर हेवाखोलाको ५ लाख कित्ता सेयर बिक्री गर्ने

Main News Image

काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख कित्ता सेयर बजारमार्फत बिक्री गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीले जारी गरेको सूचनामा सो सेयर नियमित दोस्रो बजार प्रणालीमार्फत कारोबार गरिने उल्लेख गरिएको छ ।

कम्पनी व्यवस्थापनका अनुसार तत्काल वित्तीय आवश्यकताका कारण उक्त लगानीको अंश घटाउने निर्णय लिइएको हो। स्वामित्वमा रहेको सेयर बिक्रीबाट प्राप्त हुने रकम कम्पनीको नगद प्रवाह सुदृढ बनाउन प्रयोग गरिने जनाइएको छ । सेयर कारोबारको प्रक्रिया अघि बढाउँदा बजारको चाल, मूल्य अवस्था तथा समग्र लगानी वातावरणलाई ध्यानमा राखिने कम्पनीले जानकारी दिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेर तोलामा २ लाख ७७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार २ लाख ७७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थिय...

भोटेकोशीमा तत्काल ठूलो बाढीको सम्भावना छैन, हल्लाको पछि नलाग्न विभागको आग्रह

काठमाडौँ । रसुवा तथा नुवाकोट जिल्लाका हिमताल विस्फोट भई भोटेकोशी नदीमा बाढी आउन सक्ने आशङ्काका बीच जल तथा मौसम विज्ञान विभागले तत्काल त्यस्तो ठूलो बाढी आउन सक्ने सम्भावना नरहेको स्पष्ट पारेको छ । विभिन्न माध्यम र सामाजिक सञ्जालमा फैलाइएका समाचार त...

सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि घटेको छ । चाँ...