मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

रामेछापमा यात्रुवाहक सुमो दुर्घटना, यात्रुको अबस्था कस्तो छ ?

Main News Image

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा सोमबार बिहान एक यात्रुवाहक सुमो दुर्घटनामा परेको छ । खाँडादेवी ७ टिमुबाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बाप्र ०८(००१ ज ०२२४ नम्बरको सुमो दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा चालकसहित कुल ६ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीया ठुली तामाङ, अन्दाजी ४५ वर्षीया रिता तामाङ र अन्दाजी ४८ वर्षीया सुनमाया तामाङलाई थप उपचारका लागि तत्काल काठमाडौँ पठाइएको छ । अन्दाजी २५ वर्षीय चालक किशोर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

दसैँपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दसैँपछि भक्तजनको सङ्ख्या बढेको छ । दसैँ अगाडि प्रायः सुनसान जस्तै रहेको मुक्तिनाथ मन्दिरमा अहिले भने पर्यटकको चहलपहल बाक्लो भएको हो ।

जिल्ला प्रहरी कार्यालय...