देउवालाई हटाएर नयाँ सभापति निर्वाचित गर्ने कार्यविधि पारित
काठमाण्डौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यसूचीमा परेको नयाँ पार्टी सभापति निर्वाचित गर्ने विषय सहभागीबाट पारित भएको छ । कांग्रेसको १४औँ महाधिवेशन २०७८ बाट निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेको भन्दै त्यसलाई बिघटन गर्ने कार्यविधि पारित गरिएको हो ।
कार्यविधिमा उल्लेख भएको यो विषय विशेष महाधिवेशन प्रतिनिधिले पारित गरेपछि कार्यान्वयनमा जानेछ । आफूलाई सभापतिमा जिताउने प्रतिनिधि नै विपक्षमा उभिँदा नेतृत्वमा रहिरहन सभापति देउवामाथि राजनीतिक र नैतिक दबाब बढेको छ । ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्मको लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गरिनेु विषय पनि कार्यसूचीमा परेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ । बिहान साढे ११ बजेदेखि सुरु हुने बैठक दुई दिनसम्म सञ्चालन हुने पार्टीले जनाएको छ । बैठकमा पार्टीको संगठनात्मक अवस्था, आगामी कार्यक्रम तथा महाधि...
देशलाई इमानदार नेतृत्व खाँचो हो, लोकप्रिय नारा होइन : बालेन शाह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता तथा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशलाई इमानदार नेतृत्व खाँचो रहेको छ लोकप्रिय नाराले देश नबन्ने बताउनु भएको छ । हामीलाई अव देशको विकास गर्नु छ भने, भाषण र कागजी नाराले लोकप्रिय बन...
माओवादी केन्द्र र एकीकृत समाजवादी बीचको एकता अन्तिम चरणमा
काठमाडौँ । वामपन्थी घटकबीच एकता गर्ने प्रयास तीव्र भइरहेका बेला नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच पार्टी एकीकरणको प्रारूपमा सहमति नजिक पुगेको छ । पार्टीको नाम, नीति तथा नेतृत्वबारे दुवै पक्षबीच करिब सहम...
प्रतिनिधिसभा निर्वाचन हुन ९० दिनभन्दा कम बाँकी, यस्तो छ कार्यतालिका
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ८९ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ। राजनीतिक दलहरूले पनि निर्वाचनलाई क...
विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर : मन्त्री घिसिङ
काठमाडौं । अन्तरिम सरकारका ऊर्जा, जलश्रोत, भौतिक योजना, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने विषयलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइ रहेको बताएका छन्...
मत सर्वेक्षण ‘लाइभ’ गर्ने अनलाइनलाई कारबाही गरिने
काठमाडौँ । निर्वाचन आयोगले मत सर्वेक्षण ‘लाइभ’मा संलग्न ११ अनलाइनलाई बन्द गर्न निर्देशन दिएको छ । आयोगले यही फागुन २१ गते हुन लागेको मत सर्वेक्षण गर्न नपाउने आचारसंहिता विपरीत मत सर्वेक्षणको लाइभ गरेको भन्दै ती अनलाइनलाई कारबाही गर्न सम्बन्धित निक...



