बुधबार, ११ कात्तिक २०८३
नेपाली

आज देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षाको सम्भावना

Main News Image

काठमाडौँ । आज आइतबार देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो विशेषगरी हिमाली तथा पहाडी भू–भागमा बादल लाग्ने र अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा अन्य तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने जनाइएको छ । मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

mediabaaji add

सम्बन्धित खबर

चुनावमा भोट हाल्न काठमाडौंबाट बाहिरिनेको संख्या बढ्यो, २० गतेसम्म सवारी साधन चल्ने

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजधानी काठमाडौँबाट गृहजिल्ला फर्किने नागरिकको संख्या तीव्र रूपमा बढ्न थालेको छ । विभिन्न पेसा–व्यवसायमा आबद्ध भई उपत्यकामा बसोबास गरिरहेका मतदाता मतदानका लागि गाउँ जाने तयारीमा जु...

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास, यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको हिमाली र पहाडी भूभागमा साधारणतया बदली आकाशमा बादल रहनेछ भने तराई भूभागमा आंशिक बदली रहनेछ...

गुल्मीमा थप ३० प्रजातिका नयाँ चरा फेला, पुगे तीन सय ५५

गुल्मी । थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै हालसम्म जिल्लामा प्राप्त चरा प्रजातिहरुको सङ्ख्या जम्मा ३५५ पुगेको छ । नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा हालै गरेको चरा गणनामा थप ३० नयाँ प्रजातिको चरा फेला परेका हुन् ।  जिल्लाको रेसुङ्गा, मदा...

एका बिहानै हल्लियो ताप्लेजुङ, ४ म्याग्निच्युडको भूकम्पको धक्का महसुश !

काठमाडौँ । ताप्लेजुङको कञ्चनजंघा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प गएको स्थान नेपाल(भारत सीमा क्षेत्र नजिकै रहे...