आइतबार, २४ जेठ २०८३
नेपाली

हिमाली र पहाडी भू-भागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना

Main News Image

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना रहेको छ ।

मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।

त्यसैगरी आज राति कोशी प्रदेशको हिमाली र पहाडी भूभागलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


mediabaaji add

सम्बन्धित खबर

देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरीको सम्भावना : सतर्क रहन महाशाखाको आग्रह

काठमाडौँ । नेपालको उपल्लो वायुमण्डलमा विकसित पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वदेखि पश्चिमसम्म सक्रिय रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण मुलुकका विभिन्न क्षेत्रमा मौसममा व्यापक परिवर्तन आउने प्रक्षेपण गरिएको छ । जल तथा म...

अरूण नदीमाथिको बेलिब्रिज भत्किँदा मकालु जाने मुख्य मार्ग अवरुद्ध

काठमाडौँ । संखुवासभाको मकालु गाउँपालिका–नुमबाट सेदुवा जोड्ने अरूण नदीमाथिको बेलिब्रिज शनिबार बिहान भत्किएको छ । निर्माण सामग्री बोकेको हेभी सवारीसाधन पुल पार गर्ने क्रममा संरचना गाडीसहित भाँचिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रस...

परराष्ट्रले भन्यो : इरान नजानु, त्यहाँ रहेका तत्काल फर्किनु

काठमाडौँ । इरानमा विकसित पछिल्लो राजनीतिक तथा सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले आफ्ना नागरिकका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार सार्वजनिक गरेको सूचनामा अवस्था सामान्य नहुँदासम्म इरान यात्रा नगर्न तथ...

सर्वोच्चको आदेश- शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना नगर्नू

काठमाडौँ । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना नगर्न सरकार एवं सरोकारवालाहरूका नाममा आदेश जारी गरेको छ । शैक्षिक सत्र सुरु नभई कतिपय विद्यालयले विद्यार्थी भर्ना गरेको भनी प्रश्न उठाएर दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतल...

आज देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । आज आइतबार देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो विशेषगरी हिमाली तथा पहाडी भू–भागमा बादल लाग्ने र अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार पहाडी तथा हिमा...

दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना ३८ जना घाइते

काठमाडौँ । दाङबाट काठमाडौं आउँदै गर्दा चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस दुर्घटना भएको छ । दुर्घटनामा ३८ जना घाइते भएका छन् । तीमध्ये १० जनाको अवस्था मध्यम र २८ जनाको अवस्था सामान्य भएको प्रहरीले जनाएको छ ।

मौलाकालिका अस्पताल भरतपुरमा १५...