शनिबार, ३१ असोज २०८३
नेपाली

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

Main News Image

३० असोज, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र आज र भोलि पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने संभावना रहेको जानकारी दिएको छ । हाल कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल, लुम्बिनी प्रदेश लगातय बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। देशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल तथा बाँकी तराई भूभागमा मौसम मख्यतया सफा रहने छ। देशको हिमाली भूभागका थोरै स्थानमा, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना छ। 

mediabaaji add

सम्बन्धित खबर

महाकालीमा पानीको बहाव बढ्यो, बनवासा पुलमा आवागमन प्रभावित

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि आज  बिहानैबाट कञ्चनपुरको गड्डाचौकी नाकाको आवागमन प्रभावित बनेको छ । महाकाली नदीमा जलस्तर बढेसँगै पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवतजावत गर्ने चारपाङ्ग्रे सवारी साधनलाई शारदा ब्यारेज बनवासा...

कतारमा भएको विस्फोटमा नेपाली घाइते

काठमाडौँ । कतारको रस लाफान औद्योगिक सहरमा रहेको ग्यास प्रशोधन प्लान्टमा भएको भीषण विस्फोटमा परी नेपाली नागरिक पनि घाइते भएका छन् ।  उक्त घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । टाइम्स अफ इन्डियाका अनुसार ज्यान गुमाउनेहरूमध्ये १२ जना भारती...

आज यी स्थानमा ठुलो वर्षाको सम्भावना

काठमाण्डौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ। ती आसपासका क्षेत्रमा थप वर्षा हुन...

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोर...

देशभर मनसुनी गतिविधि सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

हाल देशभर सामान्यतया बादल लागेक...

बसले मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गुमाएका दुवैको खुल्यो पहिचान

काठमाण्डौँ । कपिलवस्तुमा बसले मोटरसाइकलाई ठक्कर दिँदा मृत्यु भएका दुवैको पहिचान खुलेको छ । आइतबार बिहान १ बजे शुद्धोधन गाउँपालिका(६ बिमियाको हुलाकी सडक खण्डमा लुप्र ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मध्य पश्च...