बिहिबार, १२ कात्तिक २०८३
नेपाली

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी चार प्रदेशमा वर्षाको सम्भावना

Main News Image

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका  हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।  

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।  

आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, बागमती र गण्डकी  प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ बाँकी  भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।


mediabaaji add

सम्बन्धित खबर

तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ । देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सुरकुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समय...

काठमाडौंबाट उडेको टर्किश एयरलाइन्सको विमानको इन्जिनमा आगो लाग्यो

काठमाडौँ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किश एयरलायन्सको विमानको एउटा इन्जिनमा आगो लागेको छ । उडेको केही समयमै समस्या देखिएपछि विमान फर्किन खोजेको थियो । 

<...

सोमबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । महाशाखाका अनुसार देशका पहाड...

हुस्सुका कारण बुद्ध एयरको काठमाडौं विमानस्थल बन्द

काठमाडौँ । बुद्ध एयरले हुस्सु र कुहिरोका कारण काठमाडौं विमानस्थल बन्द गरेको छ । बुद्ध एयरले हुस्सु र कुहिरोका कारण उडान हुन समस्या आएपनि यात्रुहरूको सुरक्षाको लागि काठमाडौं विमानस्थल बन्द गरेको हो । विमानस्थल खुल्न अझै केही समय लाग्ने बुद्ध एयरले...

तापक्रम वृद्धि र बदलीको दोहोरो असर : कतै वर्षा र हिमपात, कतै बढ्दो गर्मी

काठमाडौँ । मुलुकको पश्चिमी भूभागको उपल्लो वायुमण्डलमा विकसित न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न भागमा मौसम बदलिने भएको छ । यसका कारण हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात हुने तथा तराईका केही भूभागमा गर्मी...

हिमाली र पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखाका साथै स्थानीय र पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।

यस मौसमी प्रणालीका कारण देशका हिमाली र पहाडी भूभागका साथै गण्डकी र बागमती प्रदेशको तराई क्षेत्रमा साधारणतया...