बिहिबार, २९ असोज २०८३
नेपाली

देशमा पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव : माथिल्लो भू-भागमा वर्षा र हिमपातको सम्भावना

Main News Image

काठमाडौँ  । हाल नेपालमा पश्चिमी वायुका साथै मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रही तराईका भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षाका साथै हिमपातको सम्भावना रहेको छ। तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ।

त्यसैगरी, आज राति देशको हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। तर सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

mediabaaji add

सम्बन्धित खबर

नयाँ प्रणालीबाट विद्युतीय राहदानी

काठमाण्डौँ । अब सरकारले वितरण गर्ने विद्युतीय राहदानी नयाँ प्रणालीमार्फत नागरिकले पाउने भएका छन् । नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको राहदानी विभागले जनाएको छ । 

विगतमा फ्रान्सको आइडिया कम्पनीको प्रविध...

रसुवा बाढी : १५७ शव भेटिए, २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवा जिल्लामा आएको बाढीबाट ठूलो मानवीय क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्राप्त २०८३ भदौ १० गते राति ११ः०५ बजेसम्मको विवरणअनुसार विभिन्न स्थानमा कार्यरत २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रमा हालसम...

बाढी, पहिरो र कटानका कारण देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक अझै अवरुद्ध

काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र नदी कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा निश्चित समयका लागि स...

‘शून्य बाँकी फाइल अभियान’ चैत ३० देखि वैशाख ७ सम्म सञ्चालन हुने

काठमाडौँ । सरकारले सरकारी कार्यालयमा लामो समयदेखि थन्किएका फाइल छिटो टुंग्याउने उद्देश्यसहित ‘शून्य बाँकी फाइल सप्ताह अभियान’ सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म अभियान सञ्चालन ग...

मध्यपूर्व तनावको प्रभाव : काठमाडौंबाट १६ अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण तथा इरानको जवाफी कारबाहीपछि नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार पूर्वनिर्धारित १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्...

कम्बोडियाबाट २० नेपालीको उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका २० नेपालीलाई उद्धार गरी स्वेदश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी उनीहरुलाई आज स्वदेश फर्काइएको हो ।

...