पद्मश्री पुरस्कार प्रदान : आचार्यलाई गौरव, धरावासीलाई साधना सम्मान, ‘सलह’लाई साहित्य पुरस्कार
काठमाडौँ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा. डा. जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ। त्यसैगरी पद्मश्री साधना सम्मान साहित्यकार कृष्ण धरावासीलाई र पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गरिएको छ ।
नेपाली, अङ्ग्रेजी र संस्कृत भाषाका ज्ञाता आचार्य परराष्ट्र नीति, कूटनीति, साहित्य, भाषाविज्ञान तथा अन्तर्राष्ट्रिय सम्बन्धका अध्येता हुन् । उनका साहित्य, भाषाविज्ञान र कूटनीतिसम्बन्धी दर्जनभन्दा बढी कृति प्रकाशित छन्। ‘यदुनाथ खनालः जीवनी र विचार’, ‘भानुभक्त आचार्यको रामायण नेपाली र अङ्ग्रेजीमा’ तथा ‘नेपालको परराष्ट्र नीतिः एक विमर्श’ उनका उल्लेखनीय कृतिमध्ये पर्छन् ।
संयुक्त राष्ट्रसङ्घमा नेपालका स्थायी प्रतिनिधिका रूपमा समेत काम गरिसकेका आचार्यले नेपाली भाषा, साहित्य र कूटनीतिक चिन्तनलाई अन्तर्राष्ट्रिय सन्दर्भसँग जोड्न महत्त्वपूर्ण योगदान दिएका छन्।
यसैगरी, नेपाली साहित्यमा पाँच दशकदेखि सक्रिय साहित्यकार कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान प्रदान गरिएको छ। ‘शरणार्थी’, ‘राधा’ र ‘आधा बाटो’ लगायत ३२ कृतिका लेखक धरावासीले झन्डै दुई दर्जन ग्रन्थको सम्पादनसमेत गरेका छन्। उनी लीला लेखनका व्याख्याताका रूपमा पनि परिचित छन् ।
धरावासीकासाहित्यिक कृतिमा सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद तथा इतिहासका उपेक्षित पक्षलाई उत्तरआधुनिक शैलीमार्फत प्रस्तुत गरिएको छ। विशेषतः आख्यानका माध्यमबाट नेपाली समाजका विविध पक्षलाई साहित्यमा उजागर गर्नु उनको लेखनको विशेषता हो। त्यस्तै, विक्रम संवत् २०८२ मा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिमध्येबाट छनोट गर्दै कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको छ।
‘सलह’ उपन्यासले नेपाली समाजका सीमान्तकृत समुदायका आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। काव्यिक भाषा, प्रतीकात्मकता, जीवन्त प्रकृति चित्रण र मार्मिक कथनशैली यस उपन्यासका प्रमुख विशेषता हुन्।
व्यक्तिगत पीडालाई सामाजिक यथार्थसँग जोड्दै सीमान्त जीवन र नारी अस्तित्वका प्रश्नलाई प्रभावशाली रूपमा उठाएको ‘सलह’ले नेपाली उपन्यास साहित्यमा महत्त्वपूर्ण स्थान बनाएको छ।
नेपाली भाषा, साहित्य र कूटनीतिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्व तथा उत्कृष्ट साहित्यिक कृतिलाई सम्मान गर्ने प्रतिष्ठानको यस वर्षको निर्णयले नेपाली साहित्यिक क्षेत्रका विविध विधा र साधनालाई सम्मान गरेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
‘गोपाल पाँडे असीम पुरस्कार’ तथा ‘लेबाल त्रिरत्न पुरस्कार’ प्रदान
काठमाडौँ । नेपाली शिक्षा परिषद्ले संस्थाको ७६औँ वार्षिकोत्सव तथा परिषद्का संस्थापक गोपाल पाँडे असीमको ११४औँ जन्मजयन्तीका अवसरमा दुई पुरस्कार प्रदान गरेको छ ।
आइतबार सोह्रखुट्टे काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रश...
पत्रकार ज्ञानमणि नेपाल कालोटोपीको पहिलो सम्पादित कृतिको लोकार्पण
काठमाण्डौँ । वरिष्ठ पत्रकार ज्ञानमणि नेपाल कालोटोपीको सम्पादनमा प्रकाशित पहिलो पुस्तक डा. सत्यमोहन जोशी, डा. इन्दुल केसी र दुई थुँगा फूल’ शनिबार एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ ।
शब्दयात्रा प्रकाशनले बनेपास्थित आफ्नै सभाहलमा आयोजना गरे...
हङकङको किनाराबाट गोधूलिको किनारा
© राजकुमार राई हङकङ
मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १०। हङकङको किनाराबाट धेरै कविताहरू लेखिएका छन् ।
बहुराष्ट्रिय भाषा संस्कृति बोकेर बसेको बहुटापुहरू...
स्रष्टा छुकांको ‘ताथली, भूगोलदेखि लोकसंस्कृतिसम्म’ लोकार्पण
काठमाण्डौँ । इतिहास विगतको दर्पण मात्र होइन, समाजको साझा स्मृति पनि हो। यसका साथै संस्कृति परम्पराभन्दा बढी पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको जीवनपद्धति हो । जब यी दुवैलाई समयमै अभिलेखीकरण गरिँदैन, समाजले आफ्नो मौलिक परिचय पनि बिस्तारै गुमाउँदै जा...
पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक
काठमाडौँ । वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण प्रकाशित भएको छ । शिखा बुक्स प्रालिले प्रकाशनमा ल्याएको सो पुस्तकको स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकार जयदेव भट्टराई,...
विश्व कविता दिवस मनाइँदै
काठमाडौँ । आज विश्व कविता दिवस मनाइँदैछ । साहित्यिक कार्यक्रमको आयोजना गरी विश्व कविता दिवस मनाइने छ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य पद्य–काव्य विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ ।
सन् १९९९ मा संयुक्त राष्ट्रसङ्...


