बुधबार, ११ कात्तिक २०८३
नेपाली

माधव नेपाल जोडिएको पतञ्जलि योगपीठ जग्गा हिनामिनामा साक्षी बुझ्न आदेश

Main News Image

काठमाडौँ । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग सम्बन्धित पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा साक्षी बुझ्ने आदेश गरेको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सरकार र प्रतिवादीलाई साक्षी पेश गर्न आदेश दिएका हुन् ।

यसअघि, विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपाल लगायतका व्यक्तिहरूको अनुसन्धान गरेर तामेलीमा राख्ने निर्णयको फाइल झिकाएको थियो । यसपछि अख्तियारबाट नेपालसँग सम्बन्धित मुद्दाको फाइल प्राप्त भएपछि आइतबारका लागि पेशी तोकिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग गरिएको छ । तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएका अख्तियारको आरोपपत्रमा उल्लेख छ ।


mediabaaji add

सम्बन्धित खबर

आइतबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको जनाएको छ । प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी...

डेडिकेटेड र ट्रंकलाइन विवाद टुङ्गियो : धरौटीमा लाइन जडान गर्ने सहमति

काठमाडौँ । उच्चस्तरीय छलफलमा डेडिकेटेड तथा ट्रंकलाइन विवादमा मध्यमार्गी प्रस्तावमा सहमति भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफलबाट दुवै पक्षलाई स्वीकार्य हुने मध्यमार्गी प्रस्ताव अघि सारिएको हो । प...

बागमती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो

काठमाडौँ । शहरी विकास मन्त्रालय अन्र्तगत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गरेको छ । हाल गुह्वेश्वरीवाट ट्रास बेरियर जडान सम्पन्न गरी बागमती नदीका ५ स्था...