रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एकको मृत्यु, ६ कामदार घाइते
काठमाडौँ । रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर इन्धन वा पानी तताउने कन्टेनर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन् । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कटहरियाका सई धर्मेन्द्र पौडेलका अनुसार विस्फोटमा परी कटहरिया नगरपालिका–९ बलुवा गाउँका अन्दाजी ३५–४० वर्षका लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको हो। विस्फोट अत्यन्तै शक्तिशाली रहेकाले डिस्टिलरी परिसरमा समेत क्षति पुगेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूलाई प्रारम्भिक उपचारपछि एम्बुलेन्समार्फत वीरगञ्जतर्फ रिफर गरिएको छ । घाइतेको पहिचान र विस्फोटको ठोस कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते तथा मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। सम्भावित थप क्षति हुन नदिन सुरक्षाकर्मीले घटनास्थल नियन्त्रणमा लिँदै सुरक्षा व्यवस्था कडा बनाएका छन्।
जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले घटनाको पुष्टि गर्दै अनुसन्धानका लागि थप टोली परिचालन गरिएको जानकारी दिएका छन् । यसैबीच, स्थानीयवासीहरूले डिस्टिलरी सञ्चालकको लापरबाहीका कारण यति ठुलो दुर्घटना भएको आरोप लगाएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
किशोरको हत्या आरोपमा उनको ‘प्रेमिका’सहित ३ जना पक्राउ
काठमाडौँ । दाङमा एक किशोरको हत्या आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय सन्दीप वली, १८ वर्षीय निश्चल चौधरी र १८ वर्षीया आकृति बुढा रहेका छन् । प्रारम्भिक अनुसन्धानमा भेट्न बोलाएर कुटपिट गर्ने क्रममा राप्ती गाउँपालिका–२ बाह्रखुट्...
पूर्वसचिव सङ्गीता मिश्रविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर
काठमाडौँ । पूर्वसचिव डा सङ्गीता मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्दाको समयमा गरिएको खरिद प्रक्र...
अख्तियार प्रमुखसहित १० जनालाई धम्की दिने पाठकलाई लिन प्रहरी टोली फिलिपिन्स जाँदै
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० उच्चपदस्थ व्यक्तिलाई ज्यानको धम्की दिने प्रकाश पाठकलाई स्वदेश ल्याउन नेपाल प्रहरीको विशेष टोली फिलिपिन्स जान लागेको छ ।
फिलिपिन्सले पाठकविरुद्ध निष्कासन प्रक्रिया सुरु...
पोखरामा तास खेल्ने–खेलाउनेसहित २० जना पक्राउ
काठमाडौं । पोखराका विभिन्न ठाउँमा जुवातास खेल्ने खेलाउने २० जना पक्राउ परेका छन् । कास्की प्रहरीको टोलीले तीन ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । जुवातास खेलिरहेको गोप्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । पोखरा ९ नयाँबजारबाट ५ जना पक्राउ...
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ
काठमाडौँ । कास्कीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका ८ जाल्पारोडस्थित विभिन्न खाजा घरहरूमा अनैतिक...
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ
काठमाडौँ । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ मङगलबारे बस्ने मान बहादुर दर्जी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय मिलिग्राम सहित शनिबार बेलुकी प्रहरीले पक...



