एक सय नौ किलो गाँजा प्रहरीको नियन्त्रणमा
काठमाडौँ । महोत्तरीको रामगोपालपुर नगरपालिका–८ स्थित सहसौला चोक नजिकबाट प्रहरीले भारी परिमाणमा गाँजा र एक भारतीय कार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार, २० वटा पोकामा प्याक गरिएको १०९ किलोग्राम गाँजा भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा बरामद गरिएको हो ।
गएराति ११ बजेतिर पूर्वपश्चिम लोकमार्ग हुँदै लागुऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा लागुऔषध ब्युरो र इलाका प्रहरी कार्यालय रामगोपालपुरको टोलीले छापा मारेको थियो । प्रहरीले डिएल १ सीओ ५८६९ नम्बरको भारतीय कार नियन्त्रणमा लिए पनि चालक भने फरार भएका छन्।
बरामद गरिएको गाँजा र कारलाई हाल प्रहरी नियन्त्रणमा राखेर थप कानुनी कारबाही र फरार चालकको खोजी कार्य अगाडि बढाइएको प्रहरी उपरीक्षक शर्माले जानकारी दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
ठगिएका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा
काठमाडौँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस र म्यान्माको सीमा क्षेत्र तथा कम्बोडियामा सञ्चालित अनलाइन ठगी स्क्यामिङ केन्द्रहरू चलाउने सङ्गठित आपराधिक समूहको फन्दामा परी बन्धक बनाइनेक्रम बढेको छ । कम्प्युटरसम्बन्धी ज्ञान भए...
करिब १४ लाखको मोबाइलसहित विमानस्थलबाट एक जना पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३ लाख ८० हजार रुपैयाँबराबरको मोबाइल, ल्यापटपसहित एक जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । सर्लाही लालबन्दी नगरपालिका–१ बस्ने ३४ वर्षीय सञ्जीव खड्कालाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्य...
रौतहटमा सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारको निर्देशन
काठमाडौँ । सरकारले रौतहटको घटनामा जिल्ला सुरक्षा समितिलाई जिल्लाका सबै निकायहरुकोबीचमा उचीत समन्वय कायम गरेर जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिएको छ । शनिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले रौतहटमा भएको घटनामा सबैलाई उच्च संय...
जेन–जी आन्दोलनका नाममा सर्वोच्चमा जलाइएका दश हजार भन्दा बढी मुद्दाका मिसिल तयार
काठमाडौँ । सर्वोच्च अदालतमा जेन–जी आन्दोलनका नाममा आगजनीमा परेर जलेका १० हजार बढी मुद्दाको मिसिल तयार पारिएको छ । सर्वोच्चमा रहेका कूल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा २० हजार मिसिल आगल...
दीपक भट्ट र सुलभ अग्रवाललाई थप सात दिन थुनामा राख्न अनुमति
काठमाडौँ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि दीपक भट्ट र सुलभ अग्रवालमाथि काठमाडौं जिल्ला अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश तिलक बहादुर कार्कीको इजलासले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निवेदन र दुव...
निर्वाचनमा परिचालित हुन रणनीति बनाउँदै सशस्त्र प्रहरी
काठमाडौँ । सशस्त्र प्रहरीले निर्वाचन सुरक्षाका लागि हेडक्वार्टरदेखि गुल्मसम्म रणनीति बनाएर परिचालन हुने जनाएको छ । सशस्त्र प्रहरी बल प्रधानकार्यालयमा केन्द्रीय कमाण्ड स्थापना गर्दै गुल्मसम्म समन्वय गरेर परिचालन हुने जनाएको हो । सशस्त्र प्रहरी बलले...



