बुधबार, १३ साउन २०८३
नेपाली

साताको पहिलो दिन सेयर बजार १०५ अंकले घट्यो, १२ अर्ब ३८ करोडको कारोबार

Main News Image

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक राताम्य भएर बन्द भएको छ । आज सेयर बजारमा शतकीय गिराट आएको छ । आज नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ३.७९ प्रतिशतले कम हो । 

आज सेयर बजारमा २६१ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १५.६२ अंकले घटेर ४५७.६१ विन्दुमा पुगेको छ । आज सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ । 

१०० अंक भन्दा बढीको गिरावट आएको दिन बजारमा १२ अर्ब माथिको कारोबार भएको छ । आज ३४५ कम्पनीका ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर १ लाख ४१ हजार ३६ पटक खरिद बिक्री हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार ५७० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ७ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ । 


mediabaaji add

सम्बन्धित खबर

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले आन्तरिक पर्यटन प्रबद्धन गर्ने हेतुले  आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम चितवनको सौराह स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ ।

संस्कृती...

अमेरिकी र अस्ट्रेलियन डलरको मूल्यमा गिरावट, युरो, पाउन्ड र दिनारको भाउ पनि उच्च दरमा घट्यो !

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका सबैजसो विदेशी मुद्राको विनिमयदर उच्च दरमा घटेको छ । हिजो यी सबै मुद्राको विनिमयदर...

विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउण्डको भाउ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दररेट अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६० पैसा र बिक्रीदर १५३ रुपैयाँ २० पैसा कायम भएको छ ।