झापा ५ मा ओलीले आज चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्ने
काठमाण्डौँ । एमालेका अध्यक्ष एवं झापा ५ का उम्मेदवार केपी शर्मा ओलीले आज चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै छन् । आफ्नो क्षेत्रका व्यस्थ ओलीले मंगलबार दिउँसो ३ बजे दमक ९ स्थित अमरसिंह चोकमा प्रतिवद्धता पत्र सार्वजनिक गर्ने तयारी रहेका हुन् ।
निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार प्रतिवद्धता पत्रमा अध्यक्ष ओलीले आफू विजयी भएपछि झापा ५ क्षेत्रमा गर्ने कामको फेहरिस्त छ । प्रतिवद्धता पत्रमा नेपालमा कम्यूनिष्ट पार्टीको स्थापना, एमालेको नेतृत्वमा गठन भएका सरकारले गरेका राम्रा कामको पृष्ठभूमी, सरकारले थालेका तर अपुरा रहेका योजनाहरुको विस्तृत विवरण समेटिएको दाहालले बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
मन जित्यौं तर मत जित्न सकेनौं : कुलमान घिसिङ
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनताको मन जिते पनि मतमा भने सफलता हासिल गर्न नसकेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले कामबाट जनताको विश्वास जिते पनि यस पटक मत परिणाम आफ्न...
सभामुख र उपसभामुखको कार्यकाल सकियो
काठमाडौँ । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाको कार्यकाल सकिएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन पत्र दाखिला गर्न तोकेको दिन आएसँगै सभामुख र उपसभामुखको कार्यकाल सकिएको हो ।
संविधानमा सभामुख र उपसभामुखको का...
ओलीको आइसियुमा उपचार जारी, स्वास्थ्यमा सुधार
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सघन उपचार कक्ष आइसियुमा उपचार जारी रहेको छ । सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पित्तथैलीको शल्यक्रिया गरिएका ओलीको आइसियुमा उपचार जारी रहेको हो । ओलीको स्वास्थ्य क्रम...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग
काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की मोरङ–२ लाई भदौ २४, २०८२ मा सिंहदरबार तथा संसद् भवनमा भएको आगजनी र तोडफोड घटनामा प्रत्यक्ष संलग्न भएको आरोप लगाउँदै तत्काल पक्राउ गरी कानुनी...



