नयाँ आईजीपी नियुक्तिबारे ओलीको कटाक्ष_'अह्राएको काम गर्छन् भनेर बनाएको होला'
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक आईजीपी फेरबदल गर्ने सरकारको निर्णयप्रति तीखा कटाक्ष गरेका छन् । नवनियुक्त आईजीपी डा। मनोज केसीको नियुक्तिलाई लक्षित गर्दै उनले सरकारले आफ्नो अनुकूल काम गराउन नेतृत्व बदलेको आरोप लगाएका हुन् ।
बुधबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिएका हुन्। सरकारले बहालवाला आईजीपी दानबहादुर कार्कीलाई हटाएर डा। केसीलाई जिम्मेवारी दिएको प्रसङ्गमा पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै ओलीले उहाँहरूले अर्हाएको काम गर्छन् भनेर नै नयाँ आईजीपी बनाएको होला भन्ने टिप्पणी गरे।
एक्सप्रेस
सम्बन्धित खबर
रवि लामिछानेसँग पर्सामा एक करोड धरौटी माग
काठमाण्डौँ । सहकारी ठगी लगायतका मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई एक करोड धरौटी बुझाउन जिल्ला अदालत, पर्साले आदेश दिएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको एक इजलासले एक करोड रुपैयाँ बराबरको...



