जीतपछि ओलीको गर्जन, नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट पुन अध्यक्ष जीतेपछि केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् । बिहीबार पार्टीको शपथग्रहण लगत्तै काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिएका हुन् ।
उनले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण गर्ने र पञ्चायतकालीन कूकर्मको थालनी गरिएको उल्लेख गर्दै आन्दोलनका लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिए। उनले सुशीला कार्की नेतृत्वको सरकार ढाल्नुपर्ने भन्दै त्यसका लागि देशभरबाट तयारीमा रहन कार्यकर्तालाई आग्रह गरे।
ओलीले एमाले नेतृत्वमाथि मिडिया ट्रायल र हल्ला मात्र नभएर अब भौतिक हमला तथा जाली मुद्दा लगाउने षड्यन्त्र भइरहेको बताए। उनले भने, एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प हुनुपर्दछ, यो सरकार ढल्नुपर्दछ र ढालिनेछ।
यसका निम्ति उनले नेकपा ९एमाले० ले देशभरिबाट तयारी हालतमा बस्नुपर्ने कुरामा जोड दिए। उनले एमालेलाई छुनु संसारमै सबैभन्दा महँगो पर्ने चेतावनी दिँदै यो कुरा कुराले मात्र नभएर कामले गरेर देखाउनुपर्ने बताए। एमाले नेतृत्वमाथि जाइलाग्नु विपक्षीहरूका लागि निकै घातक हुने भन्दै उनले कार्यकर्ताहरूलाई सडकमा उत्रिन तयार रहन निर्देशन दिए।
एक्सप्रेस
सम्बन्धित खबर
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा पुस्ताको दाबी, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि प्रकाश रिजालको उम्मेदवारी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै युवा पुस्ताबाट उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । यसै क्रममा प्रकाश रिजालले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा युवा तर्फबाट आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् ।
रिजालले पार्टीको...
अहिलेको राजनीति दिशाहीन र थितिविहीन छ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालको राजनीति दिशाहीन, विधिहीन र थितिविहीन ढंगले चलिरहेको बताएका छन् । पार्टी संसदीय मामिला विभागको आयोजनामा पार्टी कार्यालयमा सांसदहरूसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले भदौ २३ र २४ प...
गोरखामा डा. बाबुराम भट्टराईको पार्टीले कांग्रेसलाई सघाउने
गोरखामा डा. बाबुराम भट्टराईको पार्टीले कांग्रेसलाई सघाउने
काठमाडौँ । गोरखाका दुवै निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गर...
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ । संघी संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेद...
शंकर पोखरेल र महेश बस्नेतलाई रोक्न सिमरा विमानस्थलमा तोडफोड, बारामा कर्फ्यू
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्यूरो सदस्य महेश बस्नेत बारा जान लागेपछि त्यहाँ तनाव भएको छ । एमाले नेताहरूलाई रोक्न खोज्ने समूह र एमाले कार्यकर्ताीच झडप भएको छ । आक्रोशित समूहले बाराको सिमरा विमान...
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगबाट दर्ताको प्रमाणपत्र पाएको छ । पार्टीले आयोगबाट शुक्रबार दर्ताको प्रमाणपत्र पाएको हो ।



