सोमबार, ०५ असोज २०८३
नेपाली

जीतपछि ओलीको गर्जन, नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी

Main News Image

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट पुन अध्यक्ष जीतेपछि केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् । बिहीबार पार्टीको शपथग्रहण लगत्तै काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिएका हुन् ।

उनले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण गर्ने र पञ्चायतकालीन कूकर्मको थालनी गरिएको उल्लेख गर्दै आन्दोलनका लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिए। उनले सुशीला कार्की नेतृत्वको सरकार ढाल्नुपर्ने भन्दै त्यसका लागि देशभरबाट तयारीमा रहन कार्यकर्तालाई आग्रह गरे।

ओलीले एमाले नेतृत्वमाथि मिडिया ट्रायल र हल्ला मात्र नभएर अब भौतिक हमला तथा जाली मुद्दा लगाउने षड्यन्त्र भइरहेको बताए। उनले भने, एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प हुनुपर्दछ, यो सरकार ढल्नुपर्दछ र ढालिनेछ।

यसका निम्ति उनले नेकपा ९एमाले० ले देशभरिबाट तयारी हालतमा बस्नुपर्ने कुरामा जोड दिए। उनले एमालेलाई छुनु संसारमै सबैभन्दा महँगो पर्ने चेतावनी दिँदै यो कुरा कुराले मात्र नभएर कामले गरेर देखाउनुपर्ने बताए। एमाले नेतृत्वमाथि जाइलाग्नु विपक्षीहरूका लागि निकै घातक हुने भन्दै उनले कार्यकर्ताहरूलाई सडकमा उत्रिन तयार रहन निर्देशन दिए।

mediabaaji add

सम्बन्धित खबर

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ : नीता घतानी

काठमाडौँ । नेकपा एमालेकी सांसद नीता घतानीले सीमा सम्बन्धी विवादित अभिव्यक्ति प्रधानमन्त्रीले सच्याउनुपर्ने र उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरेकी छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद घतानीले एमाले सदनमा प्...

प्रतिनिधि सभा निर्वाचन हुन ८२ दिन बाँकी, समानुपातिकमा सहभागी दललाई चिन्ह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र चुनाव चिन...

निर्वाचन आचारसंहिता पालना गर्न आह्वान

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आह्वान गरिएको छ ।

नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्र्रप्रसाद अर्याल र अनौपचारिक क्षे...

कांग्रेस विशेष महाधिवेशनको पक्षमा ४९ प्रतिशतले गरे नाम दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ४९ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रका सञ्चालकले ४९।३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले रजिस्ट्रेशन दर्दा गराएको जानकारी दिएका हुन् ।

...

ओली भन्छन्-अझै निष्पक्ष निर्वाचनको वातावरण बनेको छैन

काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन् । शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी’कार्यक्रममा अध्यक्ष ओलीले देशमा आई परेको संकटबाट मुक्ति द...