चुनावको वातावरण अझै बन्न नसकेको ओलीको टिप्पणी
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बन्न नसकेको बताएका छन् । आइतबार झापाको भद्रपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले अहिलेसम्म हेर्दा अझै पनि तोकिएको समयमा ढुक्कका साथ निर्वाचन हुनेमा संशय रहेको बताएका हुन्।
‘चुनाव हुने भयो भने हामी भाग लिन्छौं। चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि,’ उनले भने। सो क्रममा उनलाई सञ्चारकर्मीले सोध, ‘तपाईं के देख्नुहुन्छरु’ जवाफमा ओलीले भनेका छन्, ‘चुनाव त हुन्छ भन्ठान्छु अब ।’ ओलीले बंगलादेशमा जस्तै नेपालमा पनि सामाजिक सञ्जालमा पपुलर भएका व्यक्तिहरु थोरै सिटमा समेटिने जिकिर गरे ।
एक्सप्रेस
सम्बन्धित खबर
रास्वपा र उज्यालो नेपालबीच एकताको सहमति भंग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र कुलमान घिसिङ संरक्षित उज्यालो नेपाल पार्टीबीचको एकता सहमति भंग भएको छ । कुलमान पक्षले रास्वपामा वरिष्ठ उपसभापतिसँगै पार्टीको नाम परिवर्तनको प्रस्ताव गरेपछि एकता भंग भएको बताइएको छ ।
काठमाडौं मह...
उज्यालो नेपाल पार्टीको ९ सदस्यीय सचिवालय गठन
काठमाडौँ । उज्यालो नेपाल पार्टीले सचिवालय गठन गरेको छ । शुक्रबार मध्यरातसम्म बसेको बैठकले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा सचिवालय टुंग्याएको हो । पार्टीको विधानअनुसार १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था भए पनि हाल ९ जनाको मात्र चयन गरिएको छ । विधा...
कांग्रेसको प्रतिज्ञापत्र आइतबार दिउँसो सार्वजनिक हुने
काठमाडौँ । नेपाली कांग्रेसले चुनाव केन्द्रित प्रतिज्ञापत्र आगामी आइतबार सार्वजनिक गर्ने भएको छ । फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राखेर पार्टीले आइतबार प्रतिज्ञापत्र सार्वजनिक गर्ने जनाएको हो ।
पार्टी सभापति गगनकुमार थापाले पार...



