बुधबार, ११ कात्तिक २०८३
नेपाली

ओलीको अहंकारले निम्त्यायो २४ गतेको विध्वंस : प्रचण्ड

Main News Image

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गते भएको भयानक विध्वंसको जिम्मेवार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अडान र अहंकार भएको आरोप लगाएका छन्। बुधबार महोत्तरीको रामगोपालपुरमा आयोजित कार्यक्रममा उनले भने,यदि ओलीले २३ गते नै राजीनामा दिएका भए, २४ गतेको भीषण क्षति हुन सक्दैनथ्यो । 

उनका अनुसार जेन्जी आन्दोलनको पहिलो दिनदेखि नै युवाहरूको मागप्रति संवेदनशील हुन सरकारलाई पटक–पटक आग्रह गरिए पनि सरकार दमनमा उत्रिएको थियो । युवाले आन्दोलनको घोषणा गरेलगत्तै तत्काल सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेको उनले स्मरण गरे। ‘यी युवाका मागहरू जायज र सही छन् किनकि ती मागहरू माओवादी केन्द्रले १० वर्षदेखि उठाउँदै आएकै माग थिए,’ उनले भने।

प्रचण्डले भदौ २४ गते केही घण्टासम्म नेपाल ‘राज्यविहीन जस्तो’ अवस्थामा पुगेको उनको भनाइ छ । तर आफूले त्यस बेला राजनीतिक दल, राष्ट्रपति र प्रधानसेनापतिसँग निरन्तर संवाद गर्दै देशलाई दुर्घटनाबाट जोगाउने प्रयास गरेको बताए। २६ गते राति ९ बजेदेखि बिहान साढे ३ बजेसम्म म राष्ट्रपति भवनमै थिएँ । 

 

mediabaaji add

सम्बन्धित खबर

आजबाट एमालेको ११औं महाधिवेशन, १० हजार स्वयंसेवक परिचालन गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको ११औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले...

दीपक खड्काको ‘खड्का ल्यान्ड’लाई ७ दिनभित्र बहाल चुक्ता गर्न स्काउटको ‘अल्टिमेटम’

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जामन्त्री दीपक खड्काको कम्पनी खड्का ल्यान्ड प्रालिलाई सात दिनभित्र बहाल चुक्त गर्न नेपाल स्काउटले अल्टिमेटम दिएको छ । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष...

फरेन्सिक विशेषज्ञका लागि मास्टर्स डिग्री अनिवार्य हुनुपर्छ : मन्त्री महावीर पुन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले फरेन्सिक विज्ञानजस्तो संवेदनशील क्षेत्रमा कार्यरत विशेषज्ञहरूको न्यूनतम शैक्षिक योग्यता सम्बन्धित विषयमा स्नातकोत्तर (मास्टर्स डिग्री) हुनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको शिक्षा...

नेपाली कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दै, संसदीय रणनीतिबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको नवनिर्मित संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको हो । पार्टीको संसदीय गतिविधिलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उ...