ओलीले दोहोर्याए : जेनजी आन्दोलनका घटनाको जिम्मा लिन्न
काठमाडौँ । संसद पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले अदालत जाने तयारीमा छ । मंगलबार च्यासलमा बसेको विघटित संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यस्तो निर्णय सुनाएका हुन् । उनले सडक संघर्ष पनि गर्ने योजना रहेको बताए ।
जेनजी आन्दोलनका क्रममा भएका मानवीय क्षतिको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने कुरा उठाउनेलाई पार्टी र नेतृत्वविरुद्धको हमला गरेको आरोप लगाएका छन्। निवर्तमान सांसदहरूको भेलामा बोल्दै ओलीले भदौ २३ र २४ का घटनामा आफूले जिम्मा नलिने कुरा पुनः स्पष्ट गरे । प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ भनेको सुनिन्छ । जिम्मा लिनु भनेको के हो ? ओलीले भने, यो पार्टी र नेतृत्वविरुद्धको स्पष्ट हमला हो । लिडरसीपविरुद्धको हमला हो।
संसद भवनमा आगो लगाउन खोजिएपछि गोली चलाउनु परेको भनेर सेना प्रहरी लगायतका सुरक्षा अंगले भनिसकेको बताउँदै ओलीले त्यस बेला परिस्थिति नै त्यस्तो बनेको दाबी गरेका हुन् । जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो। त्यसमध्ये ४५ जनालाई अन्तरिम सरकारले सहिद घोषणा गरिसकेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
रास्वपाका समानुपातिक सांसदको नाम सार्वजनिक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिकतर्फबाट सांसदको टुंगो लगाएको छ । आइतबार बसेको रास्वपाको सचिवालय बैठकले नाम टुंगो लगाएर निर्वाचन आयोगमा सिफारिस गरेपनि सार्वजनिक गरेको थिएन । रास्वपाले समानुपातिकतर्फको सांसदको नाम सार्वजनिक...
सभामुख अर्यालले गरे पूर्व सभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता
काठमाडौँ । सभामुख डोलप्रसाद डीपी अर्यालले पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । सोमबार सभामुख अर्यालले उनीहरूसँग भेटवार्ता गरेका हुन् । भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवको आदान-प्रदान, संघीय संसद्को प...
एमालेले आज नयाँ नेतृत्व पाउँदै, केही घण्टामै नतिजा
काठमाडौं। नेकपा एमालेले महाधिवेशनमार्फत नयाँ नेतृत्व पाउँदै छ । मंसिर २७ गतेदेखि सुरु भएको महाधिवेशन मतदान सुरु भएसँगै पार्टीको नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको हो । बुधबार बिहान ९ बजेदेखि मतदान सुरु भएको मतदान अहिले अन्तिम चरणमा पुगेको छ...



