बिहिबार, १२ कात्तिक २०८३
नेपाली

एनपीएलको तयारी पूरा, उद्घाटन खेल घरमै बसेर हेर्न क्यानको आग्रह

Main News Image

काठमाडौँ । भोलि मंसिर १ देखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको तयारी पूरा भएको छ । एनपीएलको दोस्रो संस्करण र पहिलोबीच दर्शकले फरकपन पाउनेछन् । नेपालमा पहिलोपटक फ्लडलाइटमा खेल हुन लागेको हो । त्रिवि क्रिकेट मैदानमा फ्लडलाइटका लागि परीक्षण भइरहेको छ ।

एनपीएलका ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा हुनेछ । बाँकी ९ खेल दिनमा हुनेछन् । लिग चरणका २८ खेल भने डे नाइटमा हुनेछ । अघिल्लोपटक घाँसे मैदानमै बसेर खेल हेरेका दर्शक यसपटक प्यारापिटमा बसेर हेर्नेछन् । त्रिविमा १० हजार सिट क्षमताको प्यारापिटसहितको रंगशाला तयार भइसकेको छ।

सोमबार अपरान्ह ४ बजे सुरु हुने उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज भिड्ने छन् । एनपीएलको उद्घाटन खेल घरमै बसेर हेर्न नेपाल क्रिकेट संघ ९क्यान०ले आग्रह गरेको छ ।

 

mediabaaji add

सम्बन्धित खबर

टी–२० विश्वकप खेल सार्ने बङ्गलादेशको माग आईसीसीद्वारा अस्वीकार

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले टी–२० विश्वकपका खेल भारतबाट सार्न गरिएको बङ्गलादेश क्रिकेट बोर्ड बीसीबीको अनुरोध अस्वीकार गरेको छ। सुरक्षा कारण देखाउँदै श्रीलंकामा खेल सार्न माग गरिएको भए पनि आईसीसीले तोकिएका स्थलमा कुनै परिवर्त...

एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल मलेसियासँग खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईमा जारी एसीसी पुरुष यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ। यो खेल अजमान मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । नेपाल समूह ‘ए’ को...

राष्ट्रिय महिला फुटबल टीमको विदाई, चाइनिज ताइपेईसँगै इन्डोनेसियालाई हराउँदै उपाधि जित्ने लक्ष्य

काठमाडौँ । इन्डनेसियामा आयोजना हुने मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टीमलाई विदाई गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय...