काम नगर्ने ठेक्का स्वीकार्य छैन : मन्त्री घिसिङ
काठमाडौँ । ऊर्जा, जलस्रोत, शहरी तथा भौतिक मन्त्री कुलमान घिसिङले ठेक्का लिएर लामो समयसम्म काम नगर्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् । बुधबार सय दिनको कार्य प्रगति सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । निर्माणाधीन आयोजनालाई गति दिन पहल र समन्वय गरिएको मन्त्री घिसिङले बताए ।
पत्रकार सम्मेलनमा उनले भने, ‘विकास भाषणले होइन, परिणामले देखिनुपर्छ भन्ने दृष्टिकोणका आधारमा निर्माणाधीन आयोजनालाई गति दिन आवश्यक पहल र समन्वय गरिएको छ। योजना छन्, बजेट छ, ठेक्का पनि लागेको छ– तर काम हुँदैन। एउटा पुल १४ वर्षसम्म पनि निर्माण हुन नसक्ने अवस्था स्वीकार्य हुन सक्दैन।’
उनका अनुसार रणनीतिक महत्वका पुल नबन्दा नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। उनले भने, ‘रणनीतिक महत्वका पुल निर्माण नहुँदा पाँच मिनेटमा पुगिने दूरी डेढ घण्टाको जोखिमपूर्ण यात्रा गर्न नागरिक बाध्य छन्। यस अवस्थाको मूल कारण जिम्मेवारीबाट पन्छिने प्रवृत्ति, अनावश्यक दबाब एवम् हस्तक्षेप र कानुन कार्यान्वयनमा आवश्यक कठोरता नहुनु हो भन्ने निष्कर्षमा पुगेको छु।’
मन्त्री घिसिङका अनुसार वर्षौँदेखि आयोजना लिएर काम नगर्ने प्रवृत्ति अन्त्य गर्न रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
नेकपा एमालेको संसदीय दलको बैठक बस्दै
काठमाडौँ । आज नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ । बैठक विघटित प्रतिनिधिसभाका सांसदहरूसहित मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोक...
एमालेले इस्यु कलेक्सन सेन्टर बनाउने
काठमाण्डौँ । एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले पार्टीले इस्यु कलेक्सन सेन्टर बनाउने बताएकी छन् । आइतबार पार्टीले संसदमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउन पार्टीका सांसदहरूसँग अन्तर्क्रिया कार्यक्रममा उनले सो कुरा बताएकी हुन् ।
...आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । बैठकमा गृह तथा रक्षा सचिवका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रत...
जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदन आज सरकारलाई बुझाइँदै
काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको उक्त आयोगले आइतबार बिहान ११ बजे सरकारलाई...
निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएकी छन् । आज काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको दोश्रो प्रतिलिपि लिएपछि उनले सरकार र सम्बन्...
स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानका प्रयास प्रारम्भ गरेकी छन् । यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गरेको प्रधानमन्त्री तथा मन्त्रिपर...



