बिपी राजमार्गको खुर्कोट-भकुण्डेबेंसी खण्डमा राती सवारी चलाउन नपाईने
काठमाण्डौँ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेंसी सडक खण्डमा राति ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारी आवागमनमा पूर्ण रोक लगाएको छ । २०८१ असोजमा रोशी खोलामा आएको बाढीले क्षति पुर्याएको यस सडक खण्ड अहिले निर्माणाधीन र स्तरोन्नतिका क्रममा रहेको तथा सामान्य वर्षामा समेत अवरुद्ध हुने भएकाले नागरिक सुरक्षालाई ध्यानमा राखी यो निर्णय गरिएको हो ।
काभ्रेपलाञ्चोक र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरूबीचको समन्वय तथा जिल्ला सुरक्षा समितिको बैठकले आजैदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि रात्रिकालीन यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
प्रशासनका अनुसार हालै वैशाख २२ गते रोशी गाउँपालिका–७ स्थित रोशी खोलामा आएको बाढीका कारण सवारी साधन र यात्रुहरू बीचमै अलपत्र पर्दा रातको समयमा उद्धार गर्न निकै कठिन भएको र ज्यानकै जोखिम हुने अवस्था सिर्जना भएकाले जोखिम न्यूनीकरणका लागि यो कदम चालिएको हो ।
वर्षा र रोशी खोलाको बाढी तथा मौसमको अवस्थालाई मध्यनजर गर्दै तोकिएको अवधिबाहेक अन्य समयमा पनि आवश्यकता अनुसार सडक आवागमन जुनसुकै बेला अल्पकालीन अवधिका लागि रोक्न सकिने प्रशासनले स्पष्ट पारेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बाढी, पहिरो र कटानका कारण देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक अझै अवरुद्ध
काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र नदी कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा निश्चित समयका लागि स...
मनसुनमा विशेष सतर्कता अपनाउन आग्रह : २४ घण्टामा विपद्का ४७ घटना, ३ जनाको मृत्यु
काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो, डुबान, चट्याङ र सर्पदंश जस्ता विपद्को जोखिम बढेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आम नागरिकलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ ।
प्राधिकरणले जनधनको सुरक्षालाई प...
कोशी र गण्डकीमा भारी वर्षाको चेतावनी, देशका अन्य भागमा यस्तो छ अवस्था
काठमाडौँ । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा सोमबार हल्का बदली भएको छ । कोशी, मधेस, बागमती, गण्डकीसहित लुम्बिनी, कर्णा...
रसुवामा बाढीले प्रहरीका ३ कार्यालय बगायो, थप जानकारी आउन बाँकी
काठमाडौँ । तिब्बततर्फबाट आएको बाढीले नेपाल प्रहरीका तीन वटा प्रहरी कार्यालयमा क्षति भएको छ । रसुवा जिल्लामा मात्रै ३ वटा कार्यालयमा क्षति भएको विवरण प्राप्त भएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहर...
मौसम प्रतिकूल बन्दा गोसाइँकुण्ड गएका तीर्थयात्रु प्रभावित
काठमाण्डौँ । रसुवाको उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण महाशिवरात्रि पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने धार्मिक यात्रु प्रभावित भएका छन् । लौरिविनायकदेखि कुण्ड क्षेत्रसम्म बाक्लो कुहिरो लागेपछि हवाईसेवा अवरुद्ध हुँदा हवाई आवाग...
देशका विभिन्न स्थानमा मुख्य राजमार्गहरू अवरुद्ध, कहाँको अवस्था कस्तो ?
काठमाडौँ । देशभर लगातारको वर्षा, बाढी र पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयद्वारा जारी गरिएको विवरणअनुसार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका विभिन्न खण्डमा सडक अवरुद्ध हुँ...



