बिहिबार, ०८ असोज २०८३
नेपाली

बिपी राजमार्गको खुर्कोट-भकुण्डेबेंसी खण्डमा राती सवारी चलाउन नपाईने

Main News Image

काठमाण्डौँ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेंसी सडक खण्डमा राति ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारी आवागमनमा पूर्ण रोक लगाएको छ । २०८१ असोजमा रोशी खोलामा आएको बाढीले क्षति पुर्‍याएको यस सडक खण्ड अहिले निर्माणाधीन र स्तरोन्नतिका क्रममा रहेको तथा सामान्य वर्षामा समेत अवरुद्ध हुने भएकाले नागरिक सुरक्षालाई ध्यानमा राखी यो निर्णय गरिएको हो । 

काभ्रेपलाञ्चोक र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरूबीचको समन्वय तथा जिल्ला सुरक्षा समितिको बैठकले आजैदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि रात्रिकालीन यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

प्रशासनका अनुसार हालै वैशाख २२ गते रोशी गाउँपालिका–७ स्थित रोशी खोलामा आएको बाढीका कारण सवारी साधन र यात्रुहरू बीचमै अलपत्र पर्दा रातको समयमा उद्धार गर्न निकै कठिन भएको र ज्यानकै जोखिम हुने अवस्था सिर्जना भएकाले जोखिम न्यूनीकरणका लागि यो कदम चालिएको हो । 

वर्षा र रोशी खोलाको बाढी तथा मौसमको अवस्थालाई मध्यनजर गर्दै तोकिएको अवधिबाहेक अन्य समयमा पनि आवश्यकता अनुसार सडक आवागमन जुनसुकै बेला अल्पकालीन अवधिका लागि रोक्न सकिने प्रशासनले स्पष्ट पारेको छ ।

mediabaaji add

सम्बन्धित खबर

बझाङको कोट्देवल केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प

बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लास्थित कोट्देवललाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ४:४० बजेको समयमा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।

उक्त भूकम्पको कम्पन बझाङक...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो ।...

पहाडी भेगमा बदली र वर्षा, मधेस र लुम्बिनीमा आगामी तीन दिन तातो लहर चल्ने

काठमाडौँ । मुलुकको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ट्रफ तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली र वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र सुदूरपश्...

मौसम पूर्वानुमानः यी तीन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी, ल...

विभिन्न स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ भने हिमाली, पहाडी तथा तराईका विभिन्न स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्ण...

अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज

काठमाण्डौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति बिचौलियालाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको निर्देशन अनुसार...