धुलिखेल–खावा सडकखण्डमा रात्रिकालीन यातायात बन्द : दुई हप्ताभित्र कालोपत्र सक्ने लक्ष्य
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्यलाई तीव्रता दिन सवारीसाधन आवागमनमा रोक लगाइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले उक्त खण्डलाई कालोपत्र पक्की बनाउन शनिबार रातिदेखि दुई हप्ताका लागि सडक बन्द गरेको हो ।
निर्माण व्यवसायीको लापरवाहीका कारण लामो समय रोकिएको यो योजनाका लागि गत कात्तिकमा नयाँ निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । हाल यही चैत ७ देखि २० गतेसम्म रातिको समयमा साँझ ६:०० देखि बिहान ५:०० बजेसम्म यातायातका साधन पूर्ण रूपमा बन्द रहने कार्यालयले जनाएको छ ।
यस अवधिभर टिपर लगायतका मालवाहक सवारीसाधनलाई भने २४ सै घण्टा रोक लगाइएको सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशले बताए । उनका अनुसार ४ किलोमिटर लामो यो सडकखण्डमध्ये चैतभित्र २.५ किलोमिटर र बाँकी भाग वैशाखसम्ममा पक्की गरिसक्ने लक्ष्य लिइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
दुर्गा प्रसाईं पक्राउ
काठमाडौं । मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईं भक्तपुरस्थित आफ्नै निवासबाट पुनः पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की प्रतिनिधिसभा सदस्य रचना खतिवडाविरुद्ध अनलाइन तथा सामाजिक सञ्जालमा आपत्तिजनक र चरित्रहत्या गर्...
वर्षाले चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
काठमाण्डौँ । बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो...
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १४ मिनेट जाँदा चार दशमलव एक ‘रेक्टरस्केल’को भूकम्प गएको हो ।
अब बिपी राजमार्गमा मालवाहक गाडी राति मात्र चल्न पाउने
काभ्रेपलाञ्चोक । पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरो र बाढीका कारण सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गको रूपमा प्रयोग भइरहेको बिपी राजमार्गमा सवारी साधनको चाप अत्यधिक बढेको छ । बढ्दो चापलाई व्यवस्थित गर्न र सम्भावित जाम तथा दुर्घटना रोक्न जिल्ला प्रशा...
रोशी खोलामा पानीको सतह बढेपछि बिपी राजमार्ग बन्द
काठमाण्डौँ । रोशी खोलामा बाढी आएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान खोलामा पानीको सतह बढेपछि सडक रोकिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेले बिपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको छ ।
प्रहरी...
परराष्ट्रले भन्यो : इरान नजानु, त्यहाँ रहेका तत्काल फर्किनु
काठमाडौँ । इरानमा विकसित पछिल्लो राजनीतिक तथा सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले आफ्ना नागरिकका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार सार्वजनिक गरेको सूचनामा अवस्था सामान्य नहुँदासम्म इरान यात्रा नगर्न तथ...



