क्लब लगायत रात्रिकालीन व्यवसाय बन्द हुने
काठमाडौँ । काठमाडौंमा सञ्चालन हुने रात्रिकालीन व्यवसाय फागुन १८ गतेदेखि बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहीबार एक सूचना जारी गर्दै ९ बजेपछि कुनै व्यवसाय नगर्न नगराउन निर्देशन दिएको छ ।
निर्वाचनको सुरक्षा व्यवस्थालाई लक्षित गर्दै प्रशासनले यस्तो निर्देशन दिएको हो । फागुन १८ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि रात्रिकालीन कुनै पनि व्यवसाय नगर्न निर्देशन सहितको सूचना प्रशासनले सार्वजनिक गरेको छ । प्रशासनको यो निर्देशनसँगै राति सञ्चालन हुने क्लब, डिक्सो, डान्स बार, दोहोरी साँझ, रेस्टुरेन्ट लगायतका व्यवसाय ९ बजेपछि खोल्न पाइँदैन ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सुरक्षालाई मध्यनजर गरी काठमाडौं जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रिकालीन व्यवसायहरू मिति २०८२/११/१८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि राती ९:०० बजेसम्म मात्र सञ्चालन गर्ने र तत् पश्चात सम्पूर्ण व्यवसायहरु बन्द गर्नरगराउनुहुन सम्बन्धित सरोकारवालाहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
महाकालीमा पानीको बहाव बढ्यो, बनवासा पुलमा आवागमन प्रभावित
महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि आज बिहानैबाट कञ्चनपुरको गड्डाचौकी नाकाको आवागमन प्रभावित बनेको छ । महाकाली नदीमा जलस्तर बढेसँगै पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवतजावत गर्ने चारपाङ्ग्रे सवारी साधनलाई शारदा ब्यारेज बनवासा...
सामाजिक सद्भाव कायम गर्न गृहको १० बुँदे निर्देशन
काठमाडौँ । धार्मिक तथा सामाजिक सद्भाव खलबलिन थालेपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ । गैरकानुनी गतिविधिमा संलग्न जो–कोहीलाई तत्काल कानुनी दायरामा ल्याउन र कारबाही प्रक्रिया अघि बढाउन प...
नारायणी नदीमा हाम फालेका वृद्धको सकुशल उद्धार
काठमाडौँ । पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सोही जिल्लाको देवचुली नगरपालिका–११ धारापानी बस्ने ६२ वर्षीय झनक प्रसाद पौडेल आज बिहान उक्त नदीमा हाम फालेका थ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा साधरणतया बादल लागेको छ ।
सुदूरपश्चिम प्रदेशको तराई भूभागम...
आज राति पृथ्वी राजमार्गमा सम्पूर्ण सवारी आवागमन बन्द
धादिङ । आज राति पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द गरिने भएको छ । धादिङ प्रमुख प्रशासन कार्यालयले सूचना जारी गर्दै आज बेलुकी ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाइएको हो ।
प्रशा...
जटिल बन्दै डा. गोविन्द केसीको स्वास्थ्य, आइसियुमा राखियो
काठमाण्डौँ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै धनगढीमा २४ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति जटिल बनेपछि उनलाई सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष आइसियुमा भर्ना गरिएको छ ।
धनगढीस्थित कृष्ण मन...



